मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • घाईते पत्रकार पण्डितलाई आर्थिक सहयोग

घाईते पत्रकार पण्डितलाई आर्थिक सहयोग

  • शनिबार, फाल्गुन २२, २०७७
घाईते पत्रकार पण्डितलाई आर्थिक सहयोग

बाजुरा — नेपाल पत्रकार महासघं बाजुराका पुर्ब सभापती तथा रेडियो नेपाल र नेपाल समाचार पत्रका समाचारदाता पत्रकार दयाराम पण्डितलाई आर्थिक सहयोग गरिएको छ । एक हप्ता अगाडी समाचार संकलनका लागि दुर्गम गाउँ बिच्छ्या रिर्पोटीङमा गएका बेला घाईते भई उपचाररत रहेका पत्रकार लाई उपचार सहयोगका लागि सहयोग गरिएको हो ।
नेपाल प्रेश युनियन बाजुरा शाखा, किनारा न्युज अनलाइन र बडिमालिका नगरपालिकाको आर्थिक सहयोगमा घाईते पत्रकार पण्डितलाई आज एक कार्यक्रमका बिच सो रकम परिवारलाई हस्तान्तरण गरिएको प्रेश युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले बताएका छन । पत्रकार पण्डितकाे नाममा रहेकाे साे रकम उनका अाफन्त मथुराराज पण्डितलाइ नेपाली काग्रेसका बाजुरा सभापती कबिराज पण्डितद्धारा  हस्तान्तरण गरिएकाे प्रेश युनियन बाजुराले जनाएकाे छ । पत्रकार पण्डितकाे खातामा जम्मा भएकाे ५० हजारकाे भाैचर परिवारलाइ हस्तान्तरण गरिएकाे जनाएकाे छ ।
रेडियो नेपाल र नेपाल समचारपत्रका बाजुरा संवाददाता तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित जिल्लाकै दुर्गम हिमाली गाउँपालिकाको वडा नं १ घट्टेबगरमा रिर्पोटिङ्गका क्रममा फोटो खिच्दा चिप्लीएर घाइते भएका पत्रकार पण्डित अहिले नेपालगन्जमा उपचाररत रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार