शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • एकै परिवारको दुई अपाङ्ग सन्तान, विपन्नलाई खाद्यान्न सहयोग प्रदान

एकै परिवारको दुई अपाङ्ग सन्तान, विपन्नलाई खाद्यान्न सहयोग प्रदान

  • शनिबार, फाल्गुन २२, २०७७
एकै परिवारको दुई अपाङ्ग सन्तान, विपन्नलाई खाद्यान्न सहयोग प्रदान

मेवालाल यादव — विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिमेश कुमार मिश्रले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ६ पेटभार्वा टोलका दलित समुदायसँग जुडेका धेरै न‌ कमजोर र असहाय परिणा महरा चमार सडकपेट्टीको छेउमा सुकुम्बासीको रूपमा टहरा बनाएर बसोबास गर्दै आएकोले खाद्यान्न सहयोग गरेका छन् ।
परिणाका १२ वर्षीय छोरा दुखा चमार र ९ वर्षीया छोरी सियापती चमार पूर्ण रुपमा अपाङ्ग छन् भने आर्थिक अवस्था समेत कमजोर छ । उहाँको यस्तो दुखदायि समस्याको बारेमा रौतहट जिल्लाकै युवा समाजसेवी पत्रकार अभिमनु कुमार पटेलले आफ्नो समाजिक संजाल मार्फत असहाय परिवारको समस्य बारे पोष्ट गर्नुको साथसाथै सहयोगको लागि अनुरोध गरेको थियो । २४ घण्टा नबित्दै विपन्न परिणाको परिवारको आर्थिक अवस्थाबारे सामाजिक सञ्जालमा देखेपछि सचिवालय सदस्य मिश्रले सहयोगको घोषणा गरेका हुन् ।

गौर नगरपालिका वडा नं. १ निवासी मिश्रले तत्कालका लागि एक क्विन्टल चामल, २० केजी आलु,२ केजी दाल, ३ केजी नुन र एक लिटर खाने तेल सहयोग गरेका छन् । मिश्रले हरेक ६/६ महिनामा खाद्यान्न सहयोगलाई निरन्तरता दिने घोषणा समेत गरेका छन् ।
युवा समाजसेवी पत्रकार पटेलले मिश्रबाट प्राप्त सहयोग आजै चमारको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । उनले थप सहयोगका लागि अन्यलाईपनि आग्रह गरेका छन् । उनले भनेका छन्, “आर्थिक अवस्था कमजोर भएको हुनाले असहाय परिवारलाई व्हिल चियर,खाद्यान्न र कपडाको लागि दातृ निकायसँग बिनम्रतापूर्वक आग्रह समेत गरेका छन ।”

चर्चामा

सम्बन्धित समाचार