बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे बाधुमा अलपत्र रहेकि कुष्ठरोगि अनकला आउजीको उद्धार

बाजुराकाे बाधुमा अलपत्र रहेकि कुष्ठरोगि अनकला आउजीको उद्धार

  • बिहिबार, फाल्गुन २०, २०७७
बाजुराकाे बाधुमा अलपत्र रहेकि कुष्ठरोगि अनकला आउजीको उद्धार

बाजुराको हिमाली गाँउपालिका ७ बाधु बस्ने ७० बर्षिय कुष्ठरोगि अनकला आउजीलाई उद्धार गरिएको छ । जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्यकर्मी ओमजङ्ग शाहिले अलपत्र रहेको जानकारी गरेपछि बडिमालिका खबरको टिम समचार संकलनमा बाधु पुगको थियो । बडिमालिका खबरमा कुष्ठरोगि अलपत्र परेको समचार प्रकाशित पछि उनको उद्धार भएको हो ।
अलपत्र परेको समचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृह तिलगंगाले उद्धार गरेको छ । संस्थाले बाजुुरा देखिनै हवाइ यातायात खर्च तिरेर काठमाडौ लगेको छ । उपचार देखी पालनपोषण सबै संस्थाले गर्ने भएको शान्ति सेवा गृह तिलगंगाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् ।
बडिमालिका खबर, दि हिमालय टाईम्स अनलाइन र पत्रिकामा समचार प्रकाशित भएपछि जर्मन नागरिकMarianne grospietch ले जर्मनमा नै समचार पढेपछि उनको सल्लाह तथा सहयोगले उद्धार गरेको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताएकि छन् । संस्थाले उपचार मात्र नभई पालन पोषण सबै गर्ने भएको छ, सञ्चोपछि पनि उनले बस्न चाहेमा संस्थालेनै राख्ने उनले वताईन् ।
Marianne grospietch शान्ति सेवा गृहको संस्थागत फाउन्डर रहेकी छन् । उनले समचार पढेर खबर हामिलाई खबर गरिन्,.आफुहरुले पनि समचार पढयौ, उनको अबस्था निकै कहाली लाग्दो पाएपछि उद्धार गरेको कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताए । ३५ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् ।
अनकला अलपत्र परेको समचार प्रकाशित पछि जापान बस्ने हेमा गुरुङ्गको सहयोगमा १० हजार सहयोग गरेकी थिईन् । अनकला आउजी अलपत्र रहेको समचार प्रकाशित भएपछि थोरै भएपनि सहयोग होस भनेर १० हजार सहयोग गरेको हेमा गुरुङ्गले वताईन् ।
अनकला घर परिवार र समाज बाट तिरिस्कार भएकि थिईन् । अनकलालाई कुष्ठरोग लागेको जानकारी भएपछि उनलाइ अलगै राखिएको छ । अनकलालाई कुष्ठरोग लागेको १ बर्ष पहिला थाहा भएको थियो । आइएनएफ नामक गैरसरकारी संस्थाले उनलाई नेपालगञ्ज लगेर उपचार शुरु गरेको थियो । उनले केही महिना औषधि खाइसकेपछि गाँउ फर्केकि थिईन् । यो रोग सर्छ भनेर यिनलाइ घरपरिवारले घरको गोठमा अलगै राखिएको थियो ।
रोग सर्छ भनेर घरपरिवार समाजले शौचालय जान रोक समेत लगाएका थिए । अनकला तिन महिना देखी खुला ठाँउमा शौच गर्ने गरेकि थिईन् । घरपरिवारले उनलाई अलगै गोठमा राखेका छन्, खाना अलगै पकाएर खाने गरेकि छन् । बुढेशकालमा आफै दाउरा पानि सबै आफैले ल्याएर खाना पकाउने गरेकि थिईन् । रोग लागेको भनेर हेला गर्छन्, आफुलाई कोही नछुने गरेको अनकलाले वताईन् । चिसोमा गोठमा तातो लुगा समेत नभएको उनले वताईन् ।
२ पुस्ता पहिला अनकलाकी सासु नाता लाग्ने साउनी आउजीलाई पनि कुष्ठरोग लागेको गाँउलले वताएका छन् । उनलाई गाँउलेले ओडारमा राखेको थियो, त्यहि ओडारमा मृत्यु भएको वताए । स्वास्थ्यकर्मी ओमजंग शाहिले भने अनकलालाई कुष्ठरोग लागेको थाहा पाएपछि घरपरिवारले बिभेद गर्ने गरेको अलगै राखेको वताए । अनकलाले औषधि खाएको १० महिना भइसकेको यो रोग नसर्ने र उनले १२ महिना सम्म औषधि खाए सञ्चो हुने शाहिले वताए । कुष्ठरोगिले आगो पानि बाट अलग हुनुपर्छ आफै खाना पकाउदा हात जल्ने सम्भाबना हुने उनले वताए ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला र स्नायुमा असर गर्छ । यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुदाँ थाहा नहुनेुका साथै मांशपेशी पनि कमजोर हुने गरेको स्वास्थ्यकर्मी शाहिले वताए ।
कुष्ठरोग लागेपछि हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुने गर्दछ । अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिन्छ । दागमा कुनै बस्तुले घोचे पनि अनुभव नहुनु । आखीभैँ या आखाँको परेली कम देखिँदै जानु या झर्नु । आखाँ चिम्लिँदा पूरै बन्द नहुनु । हात खुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार