शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • एक हप्ता नबित्दै कोल्टिमा आकस्मिक प्रसुति सेवा बन्द, अप्रेसन गर्नुपर्ने गर्भवति रिफर

एक हप्ता नबित्दै कोल्टिमा आकस्मिक प्रसुति सेवा बन्द, अप्रेसन गर्नुपर्ने गर्भवति रिफर

  • सोमवार, फाल्गुन १७, २०७७
एक हप्ता नबित्दै कोल्टिमा आकस्मिक प्रसुति सेवा बन्द, अप्रेसन गर्नुपर्ने गर्भवति रिफर
फाइल फाेटाे

कोल्टि–कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा एक हप्ता नबित्दै आकस्मिक प्रसुति सेवा बन्द भएको छ । हिमाली गाँउपालिका वडा नम्बर १ बस्ने २७ बर्षिय पञ्चकला रोकायालाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा लिन आफन्तले पुुयाएका थिए । त्यहाँ सेवा नभएपछि केन्द्रले रिफर गरेको छ ।
स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुुदा रिफर गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले वताएका छन् । पाठेघरमा पानिको मात्र कम भएकाले अप्रेसन मार्फत बच्चा जन्माउनु पर्ने भएकाले रिफर गरेको जैशीले बडमालिका खबरलाई वताएका छन् । हामीले हेलि उद्धारका लागि जिल्ला प्रशासन कार्यलय बाजुरामा पत्राचार समेत गरिसकेको उनले वताए । केही दिन पहिला मात्र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुुति सेवा सञ्चालनमा आएको समचार सार्वजनिक भएको थियो ।
पञ्चकलाका आफन्तले भने हामिले सेवा पाउने आशले कोल्टि पुुगायौ, तर यहाँ सेवा नपाउदा कता लिन्ने भन्ने भएको वताए । पञ्चकलालाई बिच्छँया बाट रुगिन स्वास्थ्य चौकी पुुयाएको थियो, अबस्था जटिल भएपछि स्वास्थ्य केन्द्रले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरेको थियो ।
कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जनशक्ति आएपछि एजनाको अप्रेसन गरेर सेवा सञ्चालनमा आएको थियो । प्रतिष्ठानको टिम फिर्ता भएपछि सेवा अनियमित भएको प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ । उनिहरुको टिम केही समयका लागि आएर फिर्ता भयो, त्यो बेला एकजना जटिल महिलाको अप्रेसन मार्फत बच्चा जन्माएको हो, अहिले उहाँहरुको टिम फिर्ता भएपछि सेवा सञ्चालन नभएको जनस्वास्थ्य निरिक्षक आमेजंग शाहिले वताएका छन् ।
एक हप्ता पहिला मात्र स्वास्थ्य केन्द्रमा मुगु जिल्लाको खत्याड गाउँपालिका १० ह्याङलुकी २९ बर्षिय निर्मला चदाराको अप्रेसन गरेर बच्चा निकालिएको थियो । नगरपालिकाले आकस्मिक प्रसुति सेवा दिने चिकित्सकको ब्यबस्थापन गर्न नसक्दा सेवा अनियमित भएको हो । एक स्थानियले भने केही दिन पहिला सेवा सञ्चालन भयो भनेर निकै खुुशि भएका थियौ, १ हप्ता नपुुग्दै चिकित्सक नहुुदा निराशा भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार