बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • डन उप-प्राध्यापकको आत्मघाती गोल,सह-प्राध्यापक बन्ने लोभ

डन उप-प्राध्यापकको आत्मघाती गोल,सह-प्राध्यापक बन्ने लोभ

  • आइतवार, फाल्गुन १६, २०७७
डन उप-प्राध्यापकको आत्मघाती गोल,सह-प्राध्यापक बन्ने लोभ

काठमाडौं — त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेले सह-प्राध्यापकमा बढुवा हुनको लागि आत्मघाती गोल गरेको खुल्न आएको छ| प्राध्यापक प्रेम बहादुर चलाउने त्रिभुवन विश्वविधालयमा उप-प्राध्यापक हुँदा पनि २०६५ सालमा स्वबियु निर्वाचनका बखत नेवि संघलाई ढुंगा हानेको भरमा आन्तरिक कोटा बाट विश्वविधालय छिरेका थिए| ढुंगा हानेको भरमा जे पनि पाईन्छ भन्ने सोचले ग्रसित प्रेम चलाउने समाजशास्त्र केन्द्रिय बिभागका बिभागिय प्रमुख युवराज लुईटेलको उक्साहटमा नेवि संघले बि-भिन्न शैक्षिक माग राखी लगाएको ताला काट्न हिडेका थिए| नेवि संघको ताला काटेमा सह-प्राध्यापक बनाईदिने बचन दिएका युवराज लुईटेलले स्वयम् आफैले आर्थिक लगानी गरि भाडामा दुईचार मान्छे खोजी प्रेम चलाउने माथी आक्रमणको नाटक मंचन गरेको खुल्न आएको छ| विभिन्न सञ्चार माध्यममा नेवि संघले आक्रमण गरेको भनी भ्रमित गरेता पनि आफू बढुवा हुनको लागि यो सबै नाटक गरिएको बुझिएको छ ।

प्राध्यापक प्रेम बहादुर चलाउने एक अनुशासन हिन उप प्राध्यापक हुन् | उनी नेवि संघको ताला मात्र होईन बिश्वविधालयको प्राध्यापक क्वाटर समेत आफै ताला काटी बसेका छन् | यसरी बिश्वविधालयको सम्पती माथी आफ्नो रजाई गर्ने प्रेम चलाउनेले आफ्नो स्वार्थको लागि नेवि संघ नेताहरु माथी मुद्दा हाल्दै आफ्ना कुरा लुकाउन अग्रसर भएका छन|

प्रेम चलाउने माथि आक्रमण गरेको अभियोग लगाईएका नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थीसँग उच्च अदालत पाटनले ३६ लाख रुपैयाँ धरौटी माग गरेको छ । यो संगै नेवि संघले आफै प्राध्यापक क्वाटरको ताला काटी बसेका प्रेम चलाउनेलाई प्राध्यापक क्वाटर बाट हटाउन माग गर्दै प्रिन्सिपल कार्यालयमाअनिश्चितकालिन तालाबन्दी गरेको छ|

मुख्य न्यायाधीश कुमार चुँडालको एकल इजलासले बिहीवार नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलसहित ६ जनासँग ३६ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

उनीहरूसँग उपचार खर्चबापत एक-एक लाख रुपैयाँ समेत लिन आदेश दिइएको छ । नेविसंघ अध्यक्ष आचार्यले भने उप-प्राध्यापक चलाउनेले १० दिन मेडिसिटी अस्पतालमा उपचार गर्दाको खर्च त्रिविले व्यहोरिसकेको र उनी झडपमा सामान्य घाइते मात्र भएको दाबी गरेका छन् ।

आचार्यले नेपाल प्रेससँग भने, ‘विद्यार्थी संगठनले लगाएको ताला खोल्न उहाँ आफैं आएपछि सामान्य झडप भएको विषयलाई राजनीतिक आपराधीकरण गरियो । मेडिसिटीमा उपचार गरेको खर्च त्रिविले तिरेको छ । विद्यार्थीसँग ३६ लाख धरौटी मागिएको छ, हामीले कहाँबाट तिर्ने ?’

धरौटी रकम नबुझाए जायजेथाबाट असुल गर्ने आदेश दिइएको छ । उप-प्राध्यापक चलाउनेमाथि २०७७ असोजमा आक्रमण भएको थियाो ।

उनले आचार्य र रावलसहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालतले सामान्य धरौटीमा उनीहरूलाई छाडेको थियो ।
यो सबै घटनाको सत्य तथ्य बाहिर आएपछी तत्काल प्रेम चलाउनेलाई बिश्वविधालय बाट नहटाए कडा आन्दोलन गर्ने नेवि संघले जनाएको छ|

चर्चामा

सम्बन्धित समाचार