शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अब कस्को सरकार होला ?

अब कस्को सरकार होला ?

  • शनिबार, फाल्गुन १५, २०७७
अब कस्को सरकार होला ?

सुरेशकुमार पान्डे।
सर्वोच्चको फैसला आएपछि राजनीति मैदानमा अर्को चहल पहल चल्दैछ।हिँजोका दिनहरुमा खास गरी ओलिका गुटमा चुनावको माहोल तयार हुँदै थियो।त्यो द्वौरानमा कयौँ कार्या क्रताले ओलिको दामन थाम्दै पनि थिए।जस्ले अर्को पार्टीमा सिट वा पद पाएको थियन वा चुनावमा टिकट न पाउँने सम्भावना थियो त्यस्ता ब्याक्ति मौकामा चौका हान्न खोज्ने हरु ओलीको समूहमा जाने लाईन लागेको थियो।उन्ले आफ्नो सरकार भयको बेला निर्वाचन गराएर फेरी दुई तिहाई बहुमत ल्याउँने सपना मात्र देखेका थिएनन् त्यस्तो प्रकारको माहोल बनाउँनमा तल्लिन थिए।उन्लाई लागेको थियो चुनाव कुनै शक्तिले पनि रोक्न सक्दैन।
कयौँ पत्रकार बुद्धीजीवीहरु समेतले ओली लाई पाँच बर्ष सम्म काम गर्न दिनु पर्छ भनेर पनि ब्याख्या गर्दै थिए।उनिहरुले ओलिको त्यो अप्रजातान्त्रिक र असम्बैधानिक ब्यबहारमा प्रदा हाल्न मात्र कोसिश गरेनन् सर्वोच्च लाई र चुनाव आयोगलाई समेत ठाडै वार्गेनिङ्ग गरेर आफ्नो गलतिलाई सहि साबित गर्न गराउँन खोजेका थिए।भन्निन्छ “एउटा झुट्ठ लाई लुकाउँन हजारौँ झुठ बोले पनि झुट साँचो हुँन सक्दैन”अहिलेको सर्वोच्चको फैसलाले त्यो सत्तेलाई उजगार गरेपछि ओलि समुहलाई झट्का त लागेकैछ।
वास्तबमा उनिहरु त्यो संसदमा सम्भावित आउँने अबिस्वाशको प्रस्ताबको सामना गर्न नसकेरनै संसदलाई भङ्ग गर्ने सिफारिश गरेका हुँन।अहिले फेरी त्यही ठाउँमा पुगेकाछन।उन्ले जति देशभक्तको नाटक गरेपनि उन्को योजना एम सीसी लाई परित गराएर साम्राज्यावादको चाक्रि गर्नुनै थियो।ओलीले जन दवाबमा मात्रै गत कालापनी,लिपुलेख र लिम्पियाधुराको मुद्धा उठाएको सर्विदितनै छ।काला पनिको चुच्चे नक्सा उन्ले आफ्नो देशभक्तिको धाग जमाउँन मात्रै बनाएका हुन भन्ने कुरा उन्ले पछिल्लो दिनमा स्कुलको पाठ्यापुस्तकमा त्यो सामिल गर्न रोक लगाउँनाले पनि प्रष्ट भयकै थियो।आफुलाई काम गर्न नदिएको सरकार अनिर्णयको बन्दि भयको आरोप लगाउँदै संसद बिघटन गरेर चुनाउमा जान खोज्नु उन्को एउटा शड्यन्त्र थियो।त्यो कदम बाट एउटा त आफ्नो प्रधान मन्त्रीको कार्याकालमै आम निर्वाचन गराउँदा सरकारी शक्तिको दुर्पयोग खुलेर गर्न सक्थे आर्को आफ्नो सरकार आएपछि हिन्दु धर्म ल्याउँने भनेर कथित हिन्दुवादीहरुको सहयोग पाउँने आसथियो,
भारतको यो नाराले पनि उन्लाई नजिकपुराउँन सक्थ्यो जस्बाट ओलीलाई प्रत्यक्ष फाईदा थियो।तेस्रो अंग्रेज साम्राज्यावादको सयोग पाउँन उन्ले एमसीसी लाई पारित गराउँने पहेल गर्ने योजना पक्कै थियो।यसरी ओलि ज्युलाई अहिले धेरै मुस्किलको सामना गर्नु पर्ने भयो।
प्रचण्ड, बाबुराम शेरबहादुर यिनि हरु पनि यहि मौकामा थिए।यदि संसद पुर्नबहाल भयो भने संसदबाट ओलिको सरकारलाई हटाएर आफुहरुको सरकार बनाउँने।अहिले त्यो प्रचण्ड समूहको यहि प्रयास हुनेछ ओलि सरकारलाई अपदस्त गरेर आफ्नो सरकार बनाउँने जस्को लागि उनि प्रचण्ड कयौँ पल्ट भारत सँगपनि ग्वार मागेकाछन।बाबुरामले राजा सहितलाई ग्वारेका थिए।उनि नेपालको दोस्रो केसरजङ्ग बनेर देखाएकाछन।बाबुरामले अहिले प्रधान मन्त्री बन्ने आफ्नो पालो हो भनेर पनि भनेकाछन।
अब ओलिको प्रायास संसदमा बहुमत जुटाउँने हुनेछ त्यसको लागि नेताहरुको किन बेच हुँने प्रष्टछ।एका तिर भारत र आर्को तिर प्रतिगामि शक्ति जस्ले प्रदाको भित्रबाट कटपुत्लिको नाच नचाउँदैछन।अरुले नेताहरु नाचेको देखेपनि वास्तबमा उनिहरुलाई नचाउँने अरुनैछन।
यसरी अब प्रधान मन्त्री को बन्ला भनेर किटाणीका साथ भन्न अलि अपठ्यारो भयपनि जस्ले साम्राज्यावादको दलालि गर्छ त्यसैको सरकार बन्ने निच्चितनैछ।अहिले एमाले र प्रचन्डको बिच पनि साँठगाठ गरेर नजालान भन्न सकिदैन।उनिहरु सत्ताका लागि जेपनि गर्छन भन्ने कुरा पटक-पटक पुष्टी भैसकेकोछ।
अहिले सर्वोच्चको निर्णयले कम्तिमा देशको गरिमालाई जोगायो संबिधानलाई ठुलो खतरा थियो सर्वोच्चको फैसलाले देशमा साडे छे दशक सम्म जनताले शंघर्ष गरेर ल्यायको यो सम्बिधानको रक्षा गर्न सफल भयकोछ।
वास्तबमा ओलीको त्यो असम्बैधानिक कदमले देशलाई झण्डै प्रतिगमनको संगार पुराएन।थोरै अदालत चुकेको भय आज ठुलो अनहोनि हुँने थियो।हाम्रो देशको राजनीतिलाई साम्राज्रावादले गम्भिर रुपमा नियालेको थियो तर उह्ले चाहेको जस्तो हुन सकेन।तर अहिले अबिस्वासको प्रस्ताब लाई साम्राज्यावादले उपयोग गरौन भन्ने कुरामा ढुक्क पर्ने कत्ति ठाउँछैन।

चर्चामा

सम्बन्धित समाचार