बाजुरा–बुढिन्नदा नगरपालिका १ पिपलडाँलि बस्ने ६० बर्षिय दुबै मृगौला फेल भएका मुक्त हलिया विरे सार्कीको परिवारलाइ सहयोग गरिएको छ । बडिमालिका खबरको समन्वयमा फिल्म निर्माता अमृत ढुुङ्गानाको सहयोगमा खाद्यन्न नगद सहित गरेर १० हजार बराबरको सहयोग गरेको छ ।
बिरे सार्कीलाइ सामान्य औषधि खान समस्या भएपछि बडिमालिका खबरले असार महिना देखी सहयोग गर्दै आएको छ । बडिमालिका खबरको सहयोग अभियानमा फिल्म निर्माता तथा समाजसेवी अमृत ढुुङ्गानाले सहयोग गरेका छन् । बिरे सार्कीले भने अहिले सम्म बडिमालिका खबरको सहयोगले आफुलाई ठुलो सहयोग भएको वताएका छन् ।
विरे उपचार अभाबमा घरमै जिवनमरणको दोसाधमा रहेका छन्, भने अर्कोतिर उनको परिवारमा चरम खाद्य संकट भएको भएको छ । आर्थिक अबस्था निकै कमजोर भएका बिरेको परिवारलाइ अहिले निकै बिचल्लीमा परेको छ । बिहान बेलुका छाक टार्न पनि निकै धौ धौ भएको छ । बिरेलाइ उपचारका लागि काठमाडौ लगेपनि आर्थिक अभाब हुँदा उपचार गर्न नसकेर घर ल्याएको स्थानिय हिक्मत वडले वताएका छन् । विरेलाई दैनिक औषधि किनेर खानलाइ समेत पैशा नभएको उनले वताएका छन् ।
बिर सार्कीको घरमा ५ जना परिवार रहेका छन् । श्रीमति अमृता सार्की बाथरोगको बिरामी छन्, भने एउटा आँखा देख्न सक्दैन्न । उनका एक छोरा र एक छोरी शारिरिक अशक्क्त रहेका छन् । श्रीमान मृगौलो रोग बाट ग्रस्त भएपछि परिवार बिचच्लीमा परेको अमृता सार्कीले वताएकि छन् । श्रीमान खेताला लागेर परिवार पाल्ने गरेका थिए । श्रीमान नै अशक्क्त भएपछि परिवार नै समस्यामा परेको छ । अरुलाइ मागेर र गाँउलेको सहयोगमा परिवारले छाक टारिरहेको उनले वताएकि छन् ।
विरे सार्की साहुँको हलिया लागेर परिवार पाल्ने गरेका थिए । श्रीमति पनि बाथरोगले अशक्क्त छन् । घर समेत अरुको जग्गामा सानो छाप्रो बनाएर बसेका तिनको परिवारमा जग्गा एक सुक्का समेत नरहेको स्थानियले वताएका छन् । कसैले सहयोग र कसैले दियो भने खाने गरेका छौ नभए भोकै बस्नु पर्ने बाध्यता रहेको अमृताले रुदै बेदना पोखेकी छन् । अमृताले श्रीमानको उपचारका लागि सहयोग गरिदनका लागि पहल गरेका छन् ।