• होमपेज
  • राजनीति
  • प्रचण्ड-माधव पक्षीय संसदीय दलको बैठक सकियो, उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन

प्रचण्ड-माधव पक्षीय संसदीय दलको बैठक सकियो, उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन

  • बुधबार, फाल्गुन १२, २०७७
प्रचण्ड-माधव पक्षीय संसदीय दलको बैठक सकियो, उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन

काठमाडौं–नेकपा प्रचण्ड-माधव पक्षले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरुलाई सो निर्देशन दिएका हुन् ।

बैठकमा अध्यक्षद्वयले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् । बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनारले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार