• होमपेज
  • राजनीति
  • विप्लवले भने– सरकारसँग वार्ता गर्न सकारात्मक छौं (विज्ञप्तिसहित)

विप्लवले भने– सरकारसँग वार्ता गर्न सकारात्मक छौं (विज्ञप्तिसहित)

  • आइतवार, फाल्गुन ९, २०७७
विप्लवले भने– सरकारसँग वार्ता गर्न सकारात्मक छौं (विज्ञप्तिसहित)

विप्लव नेतृत्वको नेकपाले सरकारसाग वार्ता गर्न तयार रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।
उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

चर्चामा

सम्बन्धित समाचार