• होमपेज
  • बडिमालिका
  • जंगलमा लागेको डढेलोले जलेर घाइते भएकि महिलालाई उपचारमा आर्थिक समस्या

जंगलमा लागेको डढेलोले जलेर घाइते भएकि महिलालाई उपचारमा आर्थिक समस्या

  • आइतवार, फाल्गुन ९, २०७७
जंगलमा लागेको डढेलोले जलेर घाइते भएकि महिलालाई उपचारमा आर्थिक समस्या

बाजुरा–बाजुरामा जंगलमा लागेको डढेलो बाट जलेर घाइते भएकि एक महिलालाई उपचारमा आर्थिक अभाब भएको छ । बडिमालिका नगरपालिका ३ बस्ने ४० बर्षिया फुगि खडका जलेर घाइते भएकि थिईन् ।
पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखी लागेको डढेलोमा परी सोही उनि जलेर गम्भिर घाइते भएकि हुुन् । शुक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहा पाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याईएको थियो ।
फुगिको जिल्ला अस्पताल उपचार सम्भब नभएपछि सेति प्रादेशिक अस्पताल रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भाबना नभएपछि काठमाडौ रिफर गरेको फुगिका भतिजा अम्मर खडकाले वताएका छन् । उनलाई हारगुहार गरेर एम्बुुलेन्समा काठमाडौ लिएपनि पैसा नहुूँदा उपचारमा समस्या भएको खडकाले वताएका छन् ।
आर्थिक अबस्था निकै कमजोर रहेको फुगिको परिवारले उपचारका लागि पहल गरिदिन आग्रह गरेका छन् । उनलाई शिक्षण अस्पताल काठमाडौमा उपचार गर्ने रहेपनि पैसा नहुुदा समस्या भएको फुगिका श्रीमानले वताएका छन् । उमेरले पनि अशक्त रहेकि फुगि जंगलमा लागेको आगोमा परेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
बडिमालिका नगरपालिकाले धनगढि सम्म पुुयाउनका लागि एम्बुुलेन्सको ब्यबस्थापन गरेको थियो । धनगढीमा उपचार सम्भाबना नहुुने भनेपछि रिन काढेर काठमाडौ त पुुगाएपनि पैसा नहुुदा समस्या रहेको फुगिका परिवारले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार