• होमपेज
  • राजनीति
  • ‘सेटिङ’मा प्रतिनिधिसभा पुन:स्थापना भए आन्दोलन गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

‘सेटिङ’मा प्रतिनिधिसभा पुन:स्थापना भए आन्दोलन गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

  • शनिबार, फाल्गुन ८, २०७७
‘सेटिङ’मा प्रतिनिधिसभा पुन:स्थापना भए आन्दोलन गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी ओलीले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्।

प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे। ‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने।

ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई भने। उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए।चुनाव वैशाखमै हुने दाबी दोहोर्‍याउँदै ओलीले आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत ल्याउने बताए।

चर्चामा

सम्बन्धित समाचार