• होमपेज
  • राजनीति
  • बादलका निकट प्रदेश प्रमुख हटाइए, शेरचन र त्रिपाठीलाई पनि हटाउने तयारी

बादलका निकट प्रदेश प्रमुख हटाइए, शेरचन र त्रिपाठीलाई पनि हटाउने तयारी

  • शनिबार, फाल्गुन ८, २०७७
बादलका निकट प्रदेश प्रमुख हटाइए, शेरचन र त्रिपाठीलाई पनि हटाउने तयारी
तिलक परियार, अमिक शेरचन र शर्मिला त्रिपाठी

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी राजेश झा अहिराजलाई नियुक्त गरेकी छन् । परियार पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका थिए ।

२०७६ कात्तिक १८ मा सरकारले शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर सातै जना नेकपाका नेतालाई नियुक्त गरिएको थियो । त्यसमा ३ जना पूर्वमाओवादी कोटाबाट गरिएको थियो भने ४ जना प्रधानमन्त्री ओलीले आफ्ना गुटकालाई मात्र गरेका थिए । माधव नेपाल निकट कसैलाई पनि ओलीले प्रदेश प्रमुखमा भाग दिएका थिएनन् ।

प्रधानमन्त्री ओलीले परियारलाई बर्खास्त गरिसकेका छन् । परियारलाई बर्खास्त गरिसकेपछि ओलीले अब पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख भएका गण्डकीका अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका शर्मिला त्रिपाठीलाई पनि हटाउने संकेत दिएका छन् । ओलीले हटाएका परियार गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् । उनी मोहन वैद्य किरण र बादलहरुसँगै प्रचण्डसँग अलग भएका थिए । तर पछि बादलसँग पार्टी एकतका क्रममा उनी आएका हुन् ।

बादलकै कोटाबाट उनलाई माओवादीनिकट दलित संगठनको अध्यक्ष पनि बनाइएको थियो । तर प्रधानमन्त्री ओलीले बादलकै निकट परियारलाई प्रदेश प्रमुखबाट हटाएका छन् । यसले ओली सरकारमा बादलहरुको भूमिका कति कमजोर रहेछ भन्ने छर्लङ्ग भएको छ ।

ओली गुटबाट प्रदेश प्रमुख भएकाहरमा सोमनाथ अधिकारी प्यासी १ नम्बर प्रदेश, धर्मनाथ यादव लुम्बिनी प्रदेश, विष्णु प्रसाई बागमती प्रदेश, गोविन्द कलौनी कर्णाली प्रदेशका प्रमुख छन् ।

चर्चामा

सम्बन्धित समाचार