• होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद

  • शनिबार, फाल्गुन ८, २०७७
कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरमा ८९ हजार रुपैयाँ बढीको अवैध सामान बरामद गरिएको छ। भन्सार छली ल्याइएको ८९ हजार ८ सय बढीको सामान प्रहरीले बरामद गरेको हो।

जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलसहित गुड, बोइलर कुखुरा र माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीले बताए। बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार