शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सुचारु

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सुचारु

  • शुक्रबार, फाल्गुन ७, २०७७
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सुचारु

कोल्टि– बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्दमा आकस्मिक प्रसुुति सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनका लागि धेरै पटक प्रयास गरेको भएपनि बल्ल सेवा सञ्चालनमा आएको बुुढिनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक ओमजंग शाहिले बडिमालिका खबरलाई वताएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जनशक्ति आएपछि सेवा सञ्चालनमा आएको हो । सेवा सञ्चालनका लागि कर्णालि स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाका बालरोग बिशषज्ञ नम्रता सिङदान, एनेस्थियोलोजिस्ट डा. अर्जुन प्रसाद तिवारी, एड्भान्स एस.बि.ए. डा दिल शाहि रोका सहितको टिम आएको हो ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सञ्चालनमा आएपछि बाजुराका चार वटा स्थानिय तह मात्र नभई हुुम्ला र मुुगुका बासिन्दालाई समेत ठुुलो सहयोग हुुने नगरप्रमुख पदम कुुमारी गिरीले वताएका छन् । सेवा सञ्चालन सँगै अब नियमित हुुने गिरीले वताए । प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रवार पहिलो पटक अप्रेसन गरी प्रसुती गराइएको छ । मुगु जिल्लाको खत्याड गाउँपालिका १० ह्याङलुकी २९ बर्षिय निर्मला चदाराको अप्रेसन गरेर बच्चा निकालिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
तीन दिन देखि वेथा लागेर प्रसुती हुन नसकेकी निर्मलालाई आफन्तले बोकेर कोल्टि ल्याएका थिए स्थानिय स्वास्थ्य चौकीमा जाँच गर्दा बच्चा उल्टो छ, नेपालगंज नै लिनुपर्छ भने पछि बोकेर कोल्टी एयरपोर्ट पुर्याए पछि मात्र हामीलाई यहाँ डाक्टर छन भन्ने थाहा भयो निर्मलाका आफन्तले । कोल्टिमा सेवा पाँउदा सहज भएको वताए ।
यो भन्दा पहिला रिफर गरेर बाहिर पठाउनु पर्ने हुुन्थ्यो, सेवा सञ्चालन भएपछि कोल्टिमै पहिलो पटक अप्रेसन मार्फत प्रसुति गरेको हो । जेठ महिना यता मात्र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यो सेवा सञ्चालन नहुुदा प्रसुती हुन नसकेका तथा जटिल २० जनालाई रिफर गरिएको थियो । विरामीलाई हेर्दा जति ढिलो भयो त्यति जोखिमको अवस्था थियो । आफूहरु संग भएको उपकरणले अप्रेसन गर्न सक्छौं भन्ने लाग्यो र त्यसमा सफल पनि भयौं अप्रेन टोलीका सदश्य डा अर्जुन प्रसाद तिवारीले बताए । बच्चा उल्टो र दिसा खाएको हुदा नेपालगंज लैजाँदा सम्म पनि आमा र बच्चामा समस्या हुन सक्ने भए पछि आफूहरुले उतैबाट बाकेर ल्याएको सामग्रीको प्रयोग गरेर अप्रेसन गरेको डा तिवारीले बताए । एनएसथेसिया डा तिवारी सहित डा दिल शाही रोका र डा नम्रता सिन्दानको टोलीले अप्रेसन गरेर प्रसुती गराएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा माग गरिएको सामग्री नभएका कारण केहि समस्या भए पनि हाललाई जनशक्तिको भने समस्या नरहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । कर्णाली प्रदेशका मुगु, हुम्ला, कालिकोट लगायतका जिल्लाको समेत सेवा क्षेत्र रहेको र आवश्यक जनशक्ति नभएर स्थानियले पटक पटक दुःख भोग्नु परेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुढीनन्दा नगरपालिका संग सम्झौता गरी जनशक्ति उपलब्ध गराएको हो ।

चर्चामा

सम्बन्धित समाचार