शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • जंगलमा लागेकाे डढेलोले जलेर एक महिलाको घाइते

जंगलमा लागेकाे डढेलोले जलेर एक महिलाको घाइते

  • शुक्रबार, फाल्गुन ७, २०७७
जंगलमा लागेकाे डढेलोले जलेर एक महिलाको घाइते

बाजुरा — बाजुराको बडिमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा  एक साता देखी लागेको डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन ।
घाइते हुनेमा  अन्दाजी ४० बर्षिया फुगि खडका रहेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्।
सुक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहा पाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ।
आगोले पुरै शरीर जलेकी खड्काको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएका छन्। थप उपचारका लागि स्थानिय तहका प्रतिनिधलाई खबर गरीरहेका छौं तर फोन अहिले सम्म लागेको छैन उनकी देउरानीले बताईन्।

चर्चामा

सम्बन्धित समाचार