शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश २
  • रौशनी बनिन् नगर स्तरीय साइकल दौड प्रतियोगिताको विजेता

रौशनी बनिन् नगर स्तरीय साइकल दौड प्रतियोगिताको विजेता

  • शुक्रबार, फाल्गुन ७, २०७७
रौशनी बनिन् नगर स्तरीय साइकल दौड प्रतियोगिताको विजेता

रौतहट — रौतहटको सदरमुकाम गौरमा प्रत्येक वर्ष प्रजातन्त्र दिवसको दिन हुँदै आइरहेका जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिता भन्ने यसपालि कोरोनोले गर्दा हुन नसक्ने पनि यस वर्ष भने गौर नगरपालिकाकि उप प्रमुख किरण ठाकुर को विषेश पहलमा नगर स्तरीय महिला साइकल दौडको आयोजना गरेको थियो ।

प्रत्येक वर्ष राजदेवी मिडिया सेन्टरका संचालक एवं अध्यक्ष रामपुकार राउत जिल्ला स्तरीय साइकल दौड प्रतियोगिता गर्दै आईरहेको थियो जसमा उप प्रमुख किरण ठाकुरकी श्रीमान डा.श्रीभगवान ठाकुरले आफ्नो निजी लगानीमा प्रत्येक वर्ष राजदेवी मिडिया सेन्टरलाई तीन वटा साइकल उपहार स्वरुप दिदै आएको थियो ।

यसपाली भन्ने उक्त प्रतियोगिता हुने नभएकोले उप प्रमुख ठाकुरले आफ्नो नगर विकासको बजेटबाट यो नगर स्तरीय दौडको आयोजना गरिएको थियो ।
प्रथम विजेतालाई साइकल सहित नगद रु.१०,००० , दोस्रोलाई साइकल सहित नगद रु. ७,५०० र तेस्रोलाई साइकल सहित नग्द रु. ५००० का दरले वितरण गरिएको हो । त्यस्तै चौथो देखि दस औं पद सम्मको विजेतालाई साइकल र बाँकी अन्य दस विजेता लाई नगद रु. १००० सहित सम्मान पत्र प्रदान गरिएको हो ।

प्रथम हुनेमा माध्यमिक विधालय टिकुलियामा अध्यनरत छात्रा वडा नं. ४ कि रौशनी कुमारी, दोस्रोमा निमावी बालमन्दिरमा अध्ययनरत वडा नं.२ कि मिथलेश कुमारी यादव र तेस्रोमा जुमावीमा अध्ययनरत वडा नं.६ कि अंजली कुमारी साह क्रमशः विजयी भएकी हुन् ।

कार्यक्रम प्रमुख अतिथिको रुपमा उप प्रमुख किरण ठाकुर, विशिष्ट अतिथिको रुपमा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, नेपाल प्रहरी प्रमुख सिद्धि विक्रम शाह, नेपाल शस्त्र प्रहरी प्रमुख सुर्य सेन ओली, नेपाली सेना प्रमुख, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष पंडित जयसवाल, माण्डवी संस्थाका अध्यक्ष अंझु झा र अतिथिको रुपमा प्रत्येक वडाका वडा अध्यक्षहरु र नगरपालिकाका योजना शाखा प्रमुख जितेन्द्र भारती लगायत स्थानीय भद्रभभलादमी, शिक्षकशिक्षिका, संचारकर्मी निजामती कर्मचारी, बुद्धिजीवीहरुको उपस्थित रहेको थियो । त्यस्तै कार्यक्रम संचालकको रुपमा दिपेन्द्र ठाकुर, राम आधार र संतोष पौडेल रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार