शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा नासपती कलमी अभियान सुरु

बडिमालिका ७ मा नासपती कलमी अभियान सुरु

  • बुधबार, फाल्गुन ५, २०७७
बडिमालिका ७ मा नासपती कलमी अभियान सुरु

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा मेलको रुखमा कलमी गरी नासपाली रोपण अभियान संचालन गरीएको छ । कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष कार्यक्रम अन्तरगत सो अभियान बाजुराको बडिमालिका नगरपालिकाबाट संचालन गरिएको हो ।
वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि शाखाको प्राविधिक सहयोगमा मेलमा नास्पाति कलमीको अभियान सञ्चालन गर्ने वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । संरक्षित मेलमा कलमीका लागि कृषकहरुको घर दैलोमा प्राबिधीकहरु पठाएर सो कार्य गरिने वडा अध्यक्ष पाध्यायले बताए । कृषि ज्ञान केन्द्र बाजुराको प्राबिधीक सहयोग तथा वडा कार्यालय र नगरपालिकाको सहयोगमा सो अभियान संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतीले बताएका छन । मेलको रुखमा नाशपाती कलमी गरी दुई हजार वोट नास्पाति उत्पादन गरेर जुस तथा वइन उद्योग बनाउने लक्ष राखेको उनले बताए ।
बडिमालिका नगरपालिका वडा न ७ को कार्यालय आज एक कार्यक्रमका बिच कलमी अभियान संचालन गरिएको जनाएको छ । सो कार्यक्रममा वडाका कृषक, कृषि प्राबिधीक, कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापती , वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडाका जनप्रतिनिधी / पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार