• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ७ मा दुई हजार वोट मेलका रूखमा नास्पाति कलमी गर्ने

बडिमालिका नगरपालिका ७ मा दुई हजार वोट मेलका रूखमा नास्पाति कलमी गर्ने

  • मङ्लबार, फाल्गुन ४, २०७७
बडिमालिका नगरपालिका ७ मा दुई हजार वोट मेलका रूखमा नास्पाति कलमी  गर्ने

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा नास्पाति उत्पादन गरेर जुस तथा वइन उद्योग बनाउने लक्ष्य सहित कामकाे थालनी गरिएकाे छ । बडिमालिका नगरपालिका वडा न ७ र कृषि ज्ञान केन्द्र बाजुराकाे सहयाेगमा साे कार्यकाे थालनी गरीएकाे बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि शाखाको प्राविधिक सहयोगमा मेलमा नास्पाति कलमीको अभियान सञ्चालन कलमी गर्ने अभियान संचालनकाे सुरूवाती गरेकाे वडा अध्यक्ष पाध्यायले बताए । संरक्षित मेलमा कलमिका लागि कृषकहरुको सहयोगको अपेक्षा राखेको र मेलको रुखमा नाशपाती कलमी गरी दुई हजार वोट नास्पाति उत्पादन गरेर जुस तथा वइन उद्योग बनाउने लक्ष राखेको उनले बताए ।

त्यसै गरि  सोमबार मात्रै २३ जना कृषकका माग अनुसार तरकारी टनेल र तरकारी बीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ ।  बडिमालिका नगरपालिका वडा न ७ मा तरकारी टनेल र तरकारी बिउ बितरण गरि कृषि  क्षेत्रमा कृषकहरूलाइ लाग्नका लागि साे कार्यकाे थालनी गरिएकाे वडा अध्यक्ष पाध्यायले बताएका छन । वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सो कार्य गरिएको  जनाएकाे छ । वडामा माग गरेका कृषकहरुलाई तरकारी टनेल र तकार बीउ अनुदान उपलब्ध गराईएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
त्यसै गरी कालिका प्राथमिक बिध्यालय र लक्ष्मि माध्यामिक विध्यालयको खानेपानी निर्माणकार्यको अनुगमन समेत गरेको वडा अध्यक्ष पाध्यायले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार