मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडी-कोल्टी सडकको काम छिटो सम्पन्न गर्न सांसद रेग्मीको निर्देशन

मार्तडी-कोल्टी सडकको काम छिटो सम्पन्न गर्न सांसद रेग्मीको निर्देशन

  • आइतवार, फाल्गुन २, २०७७
मार्तडी-कोल्टी सडकको काम छिटो सम्पन्न गर्न सांसद रेग्मीको निर्देशन

बाजुरा — मार्तडी-कोल्टी सम्मको ४२ किलोमिटर सडक १८ बर्ष देखी निर्माण कार्य शुरु भएको थियो । यस बर्ष प्रदेश सरकारले ठुलो मात्रामा रकम बिनियोजना गरेका कारण निर्माण शुरु भएको सडक चाँडा सम्पन्न गर्न प्रदेश सांसद बल्देब रेग्मीले निर्देशन गरेका छन्।
उक्त सडक प्रदेश सरकारको प्रमुख प्राथमिकताको सडक भएको र बाजुरा लगाएत तिन जिल्लाका जनताको मुख्य आवश्यकताको सडक भएका कारण सम्झौता गरीएको समयमा काम सक्न सांसद रेग्मीले निर्माण कम्पनीलाई निर्देशन गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी र निर्माण कम्पनीका प्रतिनिधी र जनप्रनिधि सहीत राखेर निर्देशन दिएका हुन्। छलफल कार्याक्रमा निर्माण कम्पनीको तर्फबाट ग्याल्बा क्ट्रक्सनका प्रतिनिधी नबराज पुरी र बानियाँ कन्ट्रक्सनका बिश्णु रावत उपस्थित थिए।
निर्माण कम्पनीका ठेकेदारहरुले भने सो काम भनेकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन । १५ दिन भित्र आवत जावत गर्न सहजता ल्याउने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार