• होमपेज
  • समाज
  • पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा

पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा

छोरीको बिद्यालयको शुुल्क तिर्न नसक्दा समस्या

  • आइतवार, फाल्गुन २, २०७७
पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा

प्रकाश सिहं/ कैलाली — २०६५ सालमा हत्या भएका पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा परेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका ३ जना परिवार आर्थिक संकटमा परेका छन् ।
पत्रकार जोशीका श्रीमति बसन्ति जोशी, १७ बर्षिय छोरी पुजा जोशी र १३ बर्षिय गिता जोशी रहेका छन् । पुुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ्ग स्कुुलमा अध्यन गर्ने गरेका छन् । पुजा र गिताको बिद्यालयको डेढ बर्ष देखि शुुल्क तिर्न नसक्दा समस्या भएको बसन्ति जोशीले वताएकि छन् । कक्षा १० मा पढने पुजा जोशीको शुल्क तिन नसक्दा फारम समेत भर्न रोकेको थियो, धेरै हारगुुहार गरेर फारम बुुझेको रुदै बसन्तिले वताईन् ।
जेपी जोशी २०६५ असोज २२ गते घर बाट काठमाडौ जाने भएर गएका थिए । २२ गते देखी सम्पर्कमा नआएका जोशी सोही बर्ष मंसिर १३ गते मालाखेती जंगलमा उनको मृतक लाश भेटिएको थियो ।
बसन्तिको आधा कट्टामा चुुहिने घर पुरानो घर छ । उनले महिला समुुहको एउटा भैसी पालेर दुध बेचेर गुुजारा गरिरहेकी छन् । दुुध बिक्रिको आधा रकम समुुहलाई बुुझाउनु परेको छ । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको बसन्तिले वताईन् । पुजाले भनिन्, बिद्यालयमा शुुल्क तिर्न भनेर पटक पटक भन्छन्, आफुलाई पनि मानसिक चिन्ता हुुने गरेको वताईन्, कुुनै दिन त पढाइ छोडौ भन्ने लागेको वताईन् ।
५ बर्ष सम्म पत्रकार महासंघ केन्द्रिय शाखाले पढाउनमा सहयोग गरेको भएपनि डेढ बर्ष यता कतै बाट सहयोग नहुुदा बिद्यालयका शुल्क समेत तिर्न नसकेको बसन्तिले वताएकि छन् । रुदै भनिन्, न श्रीमान हत्या गर्ने पत्ता लाग्यो नत परिवार पाल्न सक्ने अबस्था नरहेको वताईन् । बिद्यालय बाट पटक पटक शुुल्क माग्ने गरेका छन्, कतै बाट तिर्न नसक्दा समस्या भएको वताए ।
उनको परिवारको अबस्था बुुझ्न पत्रकार महासंघका पुुर्वअध्यक्ष शिब गाँउ, शुुदुरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुुन शाह र पत्रकार प्रकाश सिंह घर पुुगेका थिए । घरमै पुुगेका पुर्व पत्रकार महासंघका अध्यक्ष शिब गाँउलेले भने छोरीहरु पढाउनका लागि पत्रकार महासंघ तथा अन्य निकाय सँग पहल गर्ने वताए । त्यस्तै प्रदेश अध्यक्ष अर्जुुन शाहले पनि सहयोगका लागि पहल गर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार