शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • जाे गाँउपालिकाकि उपाअध्यक्ष लेख्नपढन् जान्दैनन्, (भिडियो सहित)

जाे गाँउपालिकाकि उपाअध्यक्ष लेख्नपढन् जान्दैनन्, (भिडियो सहित)

  • आइतवार, फाल्गुन २, २०७७
जाे गाँउपालिकाकि उपाअध्यक्ष लेख्नपढन् जान्दैनन्, (भिडियो सहित)

बाजुरा–प्राय नगरपालिका, गाँउपालिका उपप्रमुख तथा उपाअध्यक्ष सामान्य पढलेख गर्न जान्ने हुनुपर्छ होला । उनिहरुले योजनाहरु अनुगमन देखी न्याय सम्पादनको काम गर्नुपर्ने हुन्छ । तर बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका उपाअध्यक्ष मिमा बुढा भने लेखपढ गर्न केही जान्दैनन् । मिमा बुढाको उमेर ६४ बर्ष पुगिसकेको छ । उनि लेखपढ मात्र हैन्, गाँउपालिका गतिबिधि तथा योजना बारे कुनै जानकारी समेत छैन् । उनि भन्छन्, अरुले यस्तो गर्नुपरयो भनेपछि त्यहि अनुसार काम गर्छु ।

अध्यक्षले र अरुले सिकाएको काम गर्ने गरेको उनि बताँउछन् । न्यायिक समितिमा अरुलाई काम गराउछु, अरुले जे मा सहि गर भन्यो त्यहिमा मिमा मात्र लेख्ने गरेको बताँउछन् । मिमा बुढाका श्रीमानलाई माओवादीले द्धन्द्धकालमा हत्या गरेको थियो । लेख्न पढन नजान्ने मिमाले गाँउपालिकामा कुनै नयाँ योजना निति केही बनाउन सकेकी छैनन् ।

अरुले यसो गरे भनेपछि त्यहि अनुसार गर्ने गरेको उनि बताँउछन् । गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले भने उपाअध्यक्ष लेखपढ जान्दैनन्, उनको काममा अरुले सघाउने गरेका छन् । मिमा भन्छन्, भोट माग्दा पोल्टो छोडे दाजुभाइले भोट दियो, आफ्नो श्रीमान पनि गाँउको नेता हुन्, त्यहि भएर पनि आफु जनताको सेवा गर्नका लागि पाटिले टिकट दियो, जनताले पत्याएर जितेको वताउँछन् ।

उनलाई तपाईले के काम गर्नु भयो भनेर सोध्दा अरुले सिकाए पछि तुरुन्त काम गर्ने गरेको बताउछन्, आफु केही नजान्ने गरेको मिमाले थपिन् । गाँउपालिका बाट के सुबिधा लिनुपर्छ पाँउछु भन्ने समेत कुनै जानकारी नभएको मिमाले बडिमालिका खबरलाई बताएकि छन् । सामाजिक बिभेदका बारेमा उनि भन्छन्, बुहारी महिनावारी हुदा आफु खाना नखाने गरेको बताँउछन् । अहिले सम्म त खाने गरेको छैन्, अब खानुपर्ला गाँउमा महिनावारी हुदा अझै गोठमा राख्ने गरेको बताउछन् ।

न्यायिक समितिमा कुनै मुद्धा आएपनि अन्य समिति र गाँउपालिकाले राखेको कानुनी सल्लाहकारले सहयोग गर्ने गरेको बताँउछन् । सबै उनिहरु गछैन्, आफु त साँचि मात्र रहेको मिमा बताउँछन् । स्थानिय भन्छन्, उपाअध्यक्ष लेखपढ गर्न नजान्दा गाँउपालिका गतिबिधिमा असर परेको बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार