• होमपेज
  • राजनीति
  • निर्वाचनमा भाग लिने दलको टुङ्गोबिनै आचारसंहिताबारे छलफल गर्न आयोगको निम्ता

निर्वाचनमा भाग लिने दलको टुङ्गोबिनै आचारसंहिताबारे छलफल गर्न आयोगको निम्ता

  • आइतवार, फाल्गुन २, २०७७
निर्वाचनमा भाग लिने दलको टुङ्गोबिनै आचारसंहिताबारे छलफल गर्न आयोगको निम्ता

निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको टुङ्गो नै नलागी निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आयोगमा बोलाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आचार संहिताबारे छलफलका लागि आइतबार बिहान साढे ११ बजे सवै दललाई बोलाइएको जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार आयोगले आचारसंहिताको मोटामोटी मस्यौदा तयार बनाइसकेको र त्यसमा दलहरुको सुझाव समेट्न छलफल गर्न लागेको हो । ‘छलफलका लागि आयोगले सबै दलका नाममा पत्र काटेको छ । आउने व्यक्ति उहाँहरुलाई जो अनुकुल हुन्छ उहाँहरु नै आउनुहुन्छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ । दलहरुसँग परामर्श सकेलगत्तै निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगको तयारी छ ।

नेकपा प्रचण्ड माधव पक्षका नेता लिलामसण पोखरेलले दलको टुंगो नै नलागी आचारसंहिताबारे कस्तो छलफल गर्न लागेको हो भन्ने आफुलाई समेत जिज्ञासा पैदा भएको बताए । उनले छलफलमा सहभागी भने हुने प्रतिक्रिया दिए ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । तर नेकपा ओली समुह बाहेका अन्य सबै दल प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोतकतान्त्रिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गरिरहेका छन् । सर्वोच्चमा समेत प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहस जारी छ ।

संसद विघटनपछि सत्तारुढ दल नेकपा विभाजित छ । यद्यपि कानुनी रुपमा विभाजनको मान्यता भने पाइसकेको छैन । आयोगमा आधिकारिकताका लागि केपी ओली पक्ष र प्रचण्ड–माधव दुवै पक्षले दाबी गरिरहेका छन् । यसमा आयोग भने अनिर्णयको बन्दी बनिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार