बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा २४ घण्टामा ८५ संक्रमितको मृत्यु, १२ हजार १८८ जनामा संक्रमण

भारतमा २४ घण्टामा ८५ संक्रमितको मृत्यु, १२ हजार १८८ जनामा संक्रमण

  • आइतवार, फाल्गुन २, २०७७
भारतमा २४ घण्टामा ८५ संक्रमितको मृत्यु, १२ हजार १८८ जनामा संक्रमण

 भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ४ हजार ७३८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ९ हजार ७८८जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३९ हजार २७७ छ ।

चर्चामा

सम्बन्धित समाचार