• होमपेज
  • राजनीति
  • ओलीमा झुटकाे प्रवृत्ति देखिए साथ छाडिन्छ : मन्त्री भट्ट

ओलीमा झुटकाे प्रवृत्ति देखिए साथ छाडिन्छ : मन्त्री भट्ट

  • शनिबार, फाल्गुन १, २०७७
ओलीमा झुटकाे प्रवृत्ति देखिए साथ छाडिन्छ : मन्त्री भट्ट

नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले ओलीमा पनि ‘प्रचण्ड प्रवृत्ति’ देखा परे ओलीको पनि साथ छाड्ने बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति गद्धारी गरेपछि उनकाे साथ छाडेर केपी ओलीलाई साथ दिएको बताउँदै उनले यदि त्यहिँ प्रवृत्ति ओलीमा पनि देखिए साथ छाड्ने बताएका हुन् ।

शनिबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समिति बुटवलद्वारा आयोजित राष्ट्रिय भेलामा सम्बाेधन गर्दै मन्त्री भट्टले प्रधानमन्त्री ओलीमा प्रचण्ड प्रवृत्ति नदेखिएको र यदि त्यस्तो देखिएमा ओलीको साथ छाड्न कुनै आइतबार नकुर्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रचण्डलाई उनले ‘लालगद्धार’ भएको आरोप लगाएका छन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘वर्षौंदेखि प्रचण्डकै पछि-पछि लागेर मुलुकका लागि जनयुद्ध लड्यौँ । कैयौँले ज्यान गुमाए । तर, अहिले ती सबै बिर्सेर प्रचण्ड सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो । त्यसपछि छलफल नै नगरी पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो ।’
उनले भने यसअघि भनेका छन्, ‘यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्ने विश्वास छ, यदि त्यस्तो भए उहाँको साथ छाड्न कुनै आइतबार चाहिन्नँ ।’ साथै, प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोकामात्र नदिएर प्रचण्डमा सामन्ती प्रवृत्ति हावी भएको पनि मन्त्री भट्टले आरोप लगाएका छन् ।

कार्यक्रममा नेकपा नेताहरू शंकर पोखरेल, टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार