• होमपेज
  • समाज
  • जेपि जाेशि स्मृति पत्रकारिता पुरस्कारकाे नगद रकम जाेशिकाे परिवारलाई हस्तान्तरण गर्ने पत्रकार सिहंकाे घाेषणा

जेपि जाेशि स्मृति पत्रकारिता पुरस्कारकाे नगद रकम जाेशिकाे परिवारलाई हस्तान्तरण गर्ने पत्रकार सिहंकाे घाेषणा

  • शनिबार, फाल्गुन १, २०७७
जेपि जाेशि स्मृति पत्रकारिता पुरस्कारकाे नगद रकम जाेशिकाे परिवारलाई हस्तान्तरण गर्ने  पत्रकार सिहंकाे घाेषणा

बाजुरा — पत्रकार प्रकाश सिहंले  जेपि जाेशि स्मृति पत्रकारिता पुरस्कारकाे नगद रकम स्वर्गीय पत्रकार जेपि जाेशिकाे परिवारलाई नै हस्तान्तरण गर्ने घाेषणा गरेका छन । उनले सामाजिक संजाल मार्फत साे घाेषणा गरेका छन । उनले भने उनकै घरमा गएर साे नगद पुरस्कारकाे १२ हजार नगद रकम स्वर्गिय पत्रकार जाेशीकाे परिवारलाइ दिने बताएका छन ।

उनले सामाजिक संजाल फेशबुकमा  मलाई सम्मान गर्न याेग्य ठानेकोमा शुदुरपश्चिम प्रदेश पत्रकार महासंघ प्रति हार्दिक आभार । मैले पाएकाे जेपि जाेशि स्मृति पत्रकारिता पुरस्कारकाे नगद रकम स्वर्गीय पत्रकार जेपि जाेशिकाे परिवारलाई हस्तान्तरण गर्ने छु भनेका छन ।

शान्ति प्रक्रिया पछि जाेशीले कैलालीको अत्तरियामा पत्रकारिता गरे । २०६५ साल असाेज २१ गते उनि बेपत्ता भए । साेहि बर्ष मंसिर २२ गते कैलालीको मालाखेतिकाे जंगलमा उनको लाश भेटिएको थियोे । जाेशिका दुईवटा छाेरि र श्रिमति गरि ३ जना छन् । जाेशिका भाईले समेत अलग गरेर उनकी श्रिमती बसन्ती जाेशि, छाेरि पुजा जाेशि र गिता जाेशि अलग बस्ने गरेका छन् । अत्तरियाकाे एभरेस्ट स्कुलमा पुजा कक्षा १० मा र गिता ६ कक्षामा पढने गरेकि छन् । ५ बर्षसम्म पत्रकार महासंघले पढाइ खर्चमा सहयोग गरेको थियोे । पत्रकार महासंघले अब खर्च ब्यबस्थापन गर्न नसक्ने बताएपछि डेढ बर्ष देखि दुबै छाेरिकाे स्कुलकाे फिस तिर्न सकेका छैन्न । जेठि छाेरि पुजाकाे कक्षा १० काे फारम फिस नदिरेकाे भन्द राेकेकाे थियोे ।

जाेशिकि श्रिमति बसन्तिले अंशपाउनका लागि लडाइँ लडनु परेको, आर्थिक अबस्था निकै कमजोर रहेकाे परिवारलाई मलाई सम्मान बाफतकाे १२ हजार रकमले थाेरै भएपनि ति दुई छाेरिका लागि कापिकलम किन्न सहयोग हाेस भनेर घरमै पुगेर सहयोग गर्ने छु । थप सहयोगका लागि आगामी दिनमा सहयोग तथा पहल गर्ने छु सामाजिक संजालमा पत्रकार सिहंले सामाजिक संजालमा  लेखेका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार