शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनमा बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध

चीनमा बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध

  • शुक्रबार, माघ ३०, २०७७
चीनमा बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध

चीनमा बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध लागेको छ । बीबीसीका अनुसार चीनस्थित टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध लगाएको हो ।

यसबारेमा प्रतिक्रिया दिँदै बीबीसीले चिनियाँ सरकारको निर्णयले निराश भएको जनाएको छ ।

चिनियाँ नियामक निकायले समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्‍याउन नहुने सहितका प्रसारणसम्बन्धी निर्देशिकाको बीबीसी वर्ल्ड न्युजले उल्लंघन गरेको जनाएको छ । यससँगै अर्काे वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति पनि स्वीकार नहुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार यसअघि सञ्चारमाध्यमसम्बन्धी ब्रिटिस नियामक निकाय अफकमले युकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो ।

चर्चामा

सम्बन्धित समाचार