बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • जनता समाजवादी पार्टीकाे रौतहटमा अगुवा नेता कार्यकर्ता भेला सम्पन्न

जनता समाजवादी पार्टीकाे रौतहटमा अगुवा नेता कार्यकर्ता भेला सम्पन्न

  • शुक्रबार, माघ ३०, २०७७
जनता समाजवादी पार्टीकाे रौतहटमा अगुवा नेता कार्यकर्ता भेला सम्पन्न

मेवालाल कुमार यादव — रौतहटको सदरमुकाम गौर स्थित जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय कार्यकारिणी सदस्य पूर्वमन्त्री मा. महेन्द्र यादवको प्रमुख आतिथ्यमा अगुवा नेताकार्यकर्ता भेला आज बिहिबार गौर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।
सो कार्यक्रमको विशिष्ट अतिथी जसपा केन्द्रीय सदस्य एवं प्रदेश २ का प्रदेश सभा सदस्य माननीय रामकिशोर यादव उर्फ किशोरी यादवले सम्बोधन गर्दै भने पन्चायतकाल भन्दा बढी क्रूर सरकार केपि ओलिको सरकार सावित भएको उनले बताए।
पन्चायत काल अन्त्य गर्न बेर लागेन ,
मधेस आन्दोलनले सङघियता ल्याएर देशको जनतालाई यादगार गराए।केपि ओलि तनासाहलाई जसपाले ढाल्छ देशको सता जसपा नै सम्हालेर समृद्ध आउछ जनताको बुझाइ रहेको उनले बताए।
आन्दोलन कमजोर हुनुको मुख्य दोषी शिर्ष नेतृत्व नै हुन ,अहिले सम्म जिल्ला समायोजन नहुनू नेताकार्यकर्ताको सम्पर्क बिहिन हुनु स्वभाविक नै हो ।आन्दोलनमा शिर्ष नेताको उपस्थिति अनिर्वायले मजबुत हुन्छ उनले बताए।केन्द्रिय कार्यालयको निर्णय ठूलो आन्दोलन तयारी गर्न आओस जनता त्यसको पर्खाईमा बसि रहेको उनले जिकिर गरे।
केपि ओलिको सामुने न संविधान छ,न जनता छ,न राष्ट्र छ मात्र आफू रोजनेलाई जसपाले जनताको तल ल्यारै छाडछ उनले भने अगुवा कार्यकार्ता भेटघाट कार्यक्रमको अध्यक्षता गिता कुशवाहाले गरेका थिए।सो कार्यक्रम देवाहि गोनाहि नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, उपसभापति आशिष यादव , युवा नेता श्याम बिहारि यादव, युवा नेता मो. सकिल अकतर, सोभा साह, बृजकिसोर यादव, मेयर अजय गुप्ता लगायत नेताहरु को उपस्थित रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार