मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपाका नेताद्धारा प्रजिअ मार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र

नेकपाका नेताद्धारा प्रजिअ मार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र

  • बिहिबार, माघ २९, २०७७
नेकपाका नेताद्धारा प्रजिअ मार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र

बाजुरा — नेकपा प्रचण्ड माधव समुहका नेताद्धारा प्रजिअ मार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाएका छन । सदरमुकाम समेत रहेको मार्तडी बजाराको बिजुली अनियमित हुदा यहाका नागरिकलाइ असहज भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुुन् ।
सो पत्रमा आज विश्व विज्ञान र विचारको चमत्कारिक युगमा प्रवेस गरी विभिन्न किसिमका आधुनिक सेवा सुविधाहरु उपभोग गरिराखेको वर्तमान् समयमा वाजुरा जिल्ला जस्तो मानव सुचकाङ्कका दृष्टिकोणले पछाडी परेको जिल्ला शिक्षा, स्वास्थ्य, खाद्यान्न, संचार, यातायात, विद्युत, खानेपानी, सिंचाई जस्ता नागरिकाका आधारभुत आवश्यकताका रुपमा रहेका सेवा तथा वस्तुहरु उपलव्ध गराउनु राज्यको दायीत्व भएता पनि हाम्रो जिल्लामा यी सुविधाहरुवाट नागरिकहरुले वञ्चित हुनुपरेको अवस्था विद्यमान छ साथै यस जिल्लामा विभिन्न समयमा फरक फरक प्रकृतिका कृतिम तथा प्राकृतिक समस्याहरु उत्पन्न भई कहिले खाद्यान्न संकट कहिले यातायातको असुविधा त कहिले खानेपानीको समेत संकट सृजना भईरहेराखेको अवस्था विद्यमान् नै छ । यी यावत समस्या विद्यमान हुँदाहुँदै केहि वर्ष देखि जिल्ला सदरमुकाम मार्तडीमा देखिएको विजुली वत्तिको अस्तव्यस्त अवस्थालाई मध्येनजर गरी यस भन्दा अघि पनि पटक पटक सम्वन्धित निकायलाई समस्या समाधानका लागी जानकारी गाराउँदै आएको भएतापनि हाल सम्म उक्त समस्याको सुनुवाई नभएको हुँदा पुनः एक पटक सदरमुकामको विजुली वत्तिको समस्या समाधानका लागी यथासिघ्र सम्वन्धित निकायको ध्यानाकर्षणका लागी श्रीमान् प्रमुख जिल्ला अधिकारी मार्फत यो ध्यानाकर्षण पत्र पेश गर्दछौं भनि उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनमा गएर नेकपाका नेताद्धारा प्रजिअ मार्फत नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको नेकपा माधव प्रचण्ड समुहका नेता दिर्घराज पाध्यायले बताए ।
यी यावत समस्या विद्यमान हुँदाहुँदै केहि वर्ष देखि जिल्ला सदरमुकाम मार्तडीमा देखिएको विजुली वत्तिको अस्तव्यस्त अवस्थालाई मध्येनजर गरी यस भन्दा अघि पनि पटक पटक सम्वन्धित निकायलाई समस्या समाधानका लागी जानकारी गराउँदा पनि कसैको ध्यान नगएको नेकपा नेताहरुले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/02/CPN-BAJURA.pdf

चर्चामा

सम्बन्धित समाचार