• होमपेज
  • बडिमालिका
  • प्रजिअ गैह्रेद्धारा बाजुरा बुढिगंगा बेलीब्रिज उद्धघाटन

प्रजिअ गैह्रेद्धारा बाजुरा बुढिगंगा बेलीब्रिज उद्धघाटन

  • बिहिबार, माघ २९, २०७७
प्रजिअ गैह्रेद्धारा बाजुरा बुढिगंगा बेलीब्रिज उद्धघाटन

बाजुरा — बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न पश्चात उद्धघाटन गरिएको छ । बेलिव्रिजको आजबाट नियमित संचालन हुने गरी एक औपचारिक कार्यक्रमका विच बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रिवन काटेर उद्धघाटन गरेको हो ।
गत साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीका कारण बगाएको थियो । सोही खोलामा बेलिव्रज निर्माणका लागि सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । ठेक्का पाएको करिव ६ महिनापछि ठेकेदार कम्पनि एमके विल्डर्स एण्ड कन्ट्रक्सन कम्पनि धनगढी बेलिवृजको निर्माण कार्य सम्पन्न गरेपछि आजबाट नियमित यातायातका साधानहरु संचालनमा आएका छन् । बेलिवृज बगाएपछि सदरमुकाम मार्तडीसम्म ठुला सवारी साधानहरु संचालनमा आउन सकेका थिएनन् ।

No description available.
साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क करिव ६ महिनासम्म बिच्छेद बनेको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण गरेको सडक डिभिजन कार्यलय साँफे बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् ।
बेलिब्रिज बगाँउदा सामान ढुवानी गर्न समस्या भएको थियो । बेलिब्रिजका लागि धेरै हारगुहार पछि बल्ल निर्माण भएर यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।
साउन २५ को बाढिले बाजुरामा बाढिले बेलिब्रिज सँगै सडक लगायत बस्ति बगाएको थियो । यस अघि बेलिबिज्र बगाएको ठाँउमा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । बेलिब्रिज निर्माण भएर आज बाट यातायातका साधानहरु संचालनमा आएपछि अव सदरमुकाम मार्तडीबाटै स्थानीयहरुले बसमा यात्रा गर्न पाउने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार