शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • जसपा कार्यकर्ता द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बिरोधमा मसाल जुलुस प्रदर्शन

जसपा कार्यकर्ता द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बिरोधमा मसाल जुलुस प्रदर्शन

  • बिहिबार, माघ २९, २०७७
जसपा कार्यकर्ता द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बिरोधमा मसाल जुलुस प्रदर्शन

मेवालाल यादव — जनता समाजवादी पार्टी नेपाल रौतहटका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुधमा बुधवार बेलुका ५ बजेको समयमा गरुडामा मसाल जुलुस प्रदर्शन गरेका छन् !
पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको बिरुध मसाल जुलुस प्रदर्शन गरेको हो !
घोषित कार्यक्रम सम्पन्न गर्न जसपा नेपालका नेताकार्यकर्ताहरुद्वारा रौतहटको मध्यभागमा रहेको गरुडा बजार स्थित मशाल जुलुस प्रदर्सन गरिएको छ।
कार्यकर्ताहरु भेला भएको थियो भने प्रहरीले मसाल जुलुस प्रदर्शन गर्न नदिने उदेश्यले आएपनि कार्यकर्ताहरुले कार्यक्रम सफल बनाएका छन् ! प्रहरीको प्रयास मसाल जुलुस प्रदर्शन गर्न न दिने रहेका थिए !
पहिला देखि तयारी गरेर राखिएको मसाल जसपाका युवा जुझारु नेता श्याम विहारी यादवले प्रहरी रहेको ठाउ देखि केही दुरी मसालमा आगो लागेर नारावाजी गर्न लाग्दा निभाउनको लागि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दौडेर आएका थिए !
मसाल पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश सांसद रामकिसोर यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पर्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाउनु भएको छ ! झापा काण्डका मुख्य योजनाकार केपी ओली जस्तो व्यक्तिलाइ नेपाली जनताले आफ्नो बहुमुल्य मतदान गरि प्रधानमन्त्रि बनायको कारण नै आजको दिनमा देश अन्धकारको दिशातिर गएको हो /
नेता यादवले आन्दोलनको बल आएको संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे ! कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरे ! जसपाका प्रदेश सदस्य ब्रिज किसोर यादवले भन्दै सताधारी नेकपाको आन्दोलनकारी समर्धन र सुरक्ष सहित गाडीहरुलाई काठमाडौं सम्म पुर्‍याउने प्रहरी/प्रशासनहरूले मधेशी दलको आन्दोलन हस्तक्षेप गर्ने/सो कार्यक्रममा प्रदेश सांसद तथा क्रान्तकारी नेता रामकिसोर यादव , जिल्ला उपसभापति राम आशिष यादव , देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेल ,युवा नेता मो .सकिल अकातर ,सोभा देवी कन्थमुनी जैसवाल, लिला साह, विधायक परित्यासी जिल्ला इन्चार्ज बृज याद, जसपाका प्रदेश सदस्य शोभा देवी, नगर अध्यक्षहरू, भातृसंगठनका पदाधिकारीहरू, नेता मुखिया इश्वरी यादव, युवा नेता श्यामबिहारी, अनिल, राजकुमार दास, कौशल खान, महेश, किशनन्दन, पुनप्रताप ,  महिला नेतृ राधा साह लगायतका कार्यकार्ताहरुको उपस्तिथी रहेका थियो /

चर्चामा

सम्बन्धित समाचार