मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल पत्रकार महासघ बाजुरा शाखाकाे साधारण सभाबाट दुई जना क्रमचारी सम्मानित

नेपाल पत्रकार महासघ बाजुरा शाखाकाे साधारण सभाबाट दुई जना क्रमचारी सम्मानित

  • बुधबार, माघ २८, २०७७
नेपाल पत्रकार महासघ बाजुरा शाखाकाे साधारण सभाबाट दुई जना क्रमचारी सम्मानित

बाजुरा — नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १५ अाैं साधारण सभामा बाजुराका दुई जना कर्मचारी सम्मानित भएका छन । सम्मानित हुनेमा कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रसाद जैशी र बडिमालिका नगरपालिकाका स्वास्थ्य संयाेजक टेक बहादुर खड्कालाई सम्मान गरेकाे हाे ।
जिल्लाकाे कृषि क्षेत्रमा राम्राे काम गरेकाे भन्दै कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीलाई सम्मान गरेकाे नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिहंले बताए । त्यसै गरि काेभिड १९ काे बेला फन्टलाईनमा काम गर्दागर्दै अाफै काेराना संक्रमित हुदा पनि नागरिककाे सेवामा खटिएर काम गर्नुका साथै लामाे समयदेखी स्वास्थ्य क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै स्वास्थ्य संयाेजकलाई सम्मान गरेकाे अध्यक्ष सिहंले बताए । त्यस्तै नेपाल पत्रकार महासघकाे भवन निर्माणमा विभिन्न कठिनाई झेल्दै भवन निर्माण कार्य सम्पन्न गर्ने एक जना दक्ष ज्यामी र ठेकेदारलाई पनि सम्मान गरेकाे सचिव प्रेम बिकले बताए ।

May be an image of 4 people, including Tek Bahadur Khadka and people standing
पूर्ण प्रेश स्वतन्त्रता, हाम्राे प्रतिवद्वता भन्ने मुल नाराका साथ महासंघकाे १५ अाै साधारणसभा मार्तडीमा  सम्पन्न भएकाे हाे । बडीमालिका नगरपालिकाकि नगर उप- प्रमुखकाे प्रमुख अातिथ्यतामा सूरू भएकाे साधारणसभा सभामा सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाह, महासचिव याेगेश रावल, प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे बिषिस्ठ अतिथि रहेका थिए । त्यसै गरि साे कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहकाे अध्यक्षतामा संचालन भएकाे साधारणसभामा महासंघका साधारण सदस्यहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन सचिव प्रेम विकले गरेका थिए । सभामा उपस्थिति सवैलाई महासंघका सदस्य लक्षमीराज पाध्याले स्वागत मन्तव्य राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार