• होमपेज
  • समाज
  • लेखराजको खुलासाः मदन भण्डारीका चालकको हत्या माओवादीले गरेका हुन्

लेखराजको खुलासाः मदन भण्डारीका चालकको हत्या माओवादीले गरेका हुन्

  • मङ्लबार, माघ २७, २०७७
लेखराजको खुलासाः मदन भण्डारीका चालकको हत्या माओवादीले गरेका हुन्

धनगढी– उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले मदन भण्डारीको मृत्युपछि जिवितै रहेका चालक अमर लामाको हत्या माओवादीहरुले गरेको बताएका छन्।

सोमबार धनगढीमा प्रेस संगठन सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा बोल्दै नेकपा ओली समूहका स्थायी कमिटि सदस्य समेत रहेका भट्टले केपी ओलीले षडयन्त्र गरि मदन भण्डारीको हत्या गरेको हल्ला फैलाएपनि प्रचण्ड र माधवकुमार नेपालको हात रहेको संकेत गरेका हुन्।

‘मदन भण्डारीको हत्या केपी ओलीले गर्यो भनेर हल्ला फिजाईयो,’ भट्टले भने, ‘तर बुझ्दै जादा त्यतिखेर नेकपा एमालेको अध्यक्ष माधवकुमार नेपाल नै रहेछन्। यथार्थ कुरा बाहिर आएको छैन।’

भट्टले भण्डारीका चालक अमर लामाको भने माओवादीले नै हत्या गरेको दाबी गरे। ‘अमर लामालाई माओवादीकै कमरेडहरुले समाते’उनले भने, ‘मर्यो भनेपनि उनलाई मारियो। दरबार हत्याकाण्ड जस्तै यो कुरा पनि अहिलेसम्म बाहिर आएको छैन।’

२०५० साल जेठ २ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रीत सवार जीप दासढुंगामा दुर्घटनामा परेको थियो। त्यो जीप लामाले नै चलाएका थिए।

त्यो दुर्घटना भवितव्य नभएर गराइएको भनिएपनि जिवित रहेका चालक लामाको २०६० सालमा हत्या गरिएको थियो।  भण्डारी पत्नी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छन्। तर घटनाको वास्तविकता अहिलेसम्म गर्भमै रहेको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार