• होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई भने– निर्वाचनको काम निरन्तर अगाडि बढाउनोस्

प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई भने– निर्वाचनको काम निरन्तर अगाडि बढाउनोस्

  • मङ्लबार, माघ २७, २०७७
प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई भने– निर्वाचनको काम निरन्तर अगाडि बढाउनोस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओली निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन मंगलबार आयोगको कान्तिपथस्थित कार्यालय पुगेका थिए ।

‘‘वैशाख १७ र २७ मा घोषणा गरिएको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले गरिररहेको तयारीका बारेमा जानकारी लिन सम्माननीय प्रधानमन्त्रीज्यू आज निर्वाचन आयोग आउनुभयो । प्रमुख निर्वाचन आयुक्त र आयुक्तज्यूहरुसँग तयासीका बारेमा उहाँले छलफल गर्नुभयो,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । आयोगका तयारी सन्तोषजनक रहेकाले प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ ।’’

थापाले आयोगलाई निर्वाचनको तयारीको क्रमलाई निरन्तर अगाडि बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिएको पनि जानकारी दिए । प्रधानमन्त्रीले निर्वाचन तयारीका बारेमा जानकारी लिए पनि नेकपा विवादको विषयमा भने छलफल नभएको थापाले बताए । नेकपामै ओली इतर समूह र अन्य दलले चुनाव हुन्छ भन्नेमा ओली स्वयंलाई विश्वास नभएको बताइरहेका छन् । घोषित मितिमा निर्वाचन हुनेमा आशंका व्यक्त भइरहँदा प्रधानमन्त्री ओली आयोग पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार