• होमपेज
  • समाज
  • बैतडीमा गोली प्रहार गरि छोरी हत्या गर्ने बुवा प्रहरी नियन्त्रणमा

बैतडीमा गोली प्रहार गरि छोरी हत्या गर्ने बुवा प्रहरी नियन्त्रणमा

  • मङ्लबार, माघ २७, २०७७
बैतडीमा गोली प्रहार गरि छोरी हत्या गर्ने बुवा प्रहरी नियन्त्रणमा

बैतडि– बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ २४ गते आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले गोली प्रहार गर्ने महरालाई नियन्त्रणमा लिएको जानकारी दिए। माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए।

महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएको बताइएको छ। गोली प्रहार गरेर हत्या गरेका महरा गोली लोड गरेको बन्दुक लिएर फरार भएका थिए। यसैबीच महराले आफ्नै घरमा आगजनी समेत गरेका थिए।  आफ्नो २ वटा घर मध्ये १ वटा घरमा आगजनी गरेका हुन्। महराका २ श्रीमती छन्। कान्छी श्रीमती सँग विवाद भएको थियो। आफ्नी आमाको पक्ष लिएपछि मृतक बेलमतीमाथि महराले गोली प्रहार गरेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार