• होमपेज
  • प्रदेश ७
  • प्रचण्डले महादलाल भनेपछि लेखराजको जवाफः उहाँसँग जे छ, त्यही भन्नुभयो

प्रचण्डले महादलाल भनेपछि लेखराजको जवाफः उहाँसँग जे छ, त्यही भन्नुभयो

  • सोमवार, माघ २६, २०७७
प्रचण्डले महादलाल भनेपछि लेखराजको जवाफः उहाँसँग जे छ, त्यही भन्नुभयो

धनगढी–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विचार स्खलित नेता भएको आरोप लगाएका छन्।

प्रेस संगठन नेपालको सोमबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टले उक्त आरोप लगाएका हुन्।

उनले अगाडि भने, ‘हतियारमा खिया लागेपछि काम गर्दैन। त्यस्तै उहाँको विचारमा खिया लाग्यो, काम छैन। उहाँको अहिलेको स्तर पहिले जस्तो रहेन।’

नेकपा प्रचण्ड–माधव समूहले पुस १७ गते धनगढीमा आयोजित जनसभामा प्रचण्डले आफुलाई महादलालको संज्ञा दिएको भनेको भन्दै नेता भट्टले अपत्ति जनाउँदै भने, ‘उहाँहरु सडकमा रहन सक्नुहुन्न, पार्टीमा आउनु हुन्छ। उहाँसँग जे छ, त्यही दिनुभयो, उहाँको स्तर अब छैन।’

साथै उनले प्रचण्डले दुनियाँ ढाट्न सक्ने तर आफुलाई नसक्ने बताएका छन्। मन्त्री भट्टले आफु प्रचण्डको कार्यकर्ता नभई सहयोद्धा भएको बताएका छन्। ‘के प्रचण्डले मलाई न्यूरोडको फुटपाथबाट उठाएर हुर्काएका हुन ? उनले प्रश्न गर्दै भने, ‘मोहन वैद्य हुन मलाई राजनीतिमा ल्याउने।’ #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार