• होमपेज
  • प्रदेश ७
  • बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी

बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी

  • आइतवार, माघ २५, २०७७
बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी

बैतडि–बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् । शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय बुबा धनबहादुर फरार भएको बैतडीका प्रहरी निरीक्षक जनक धामीले बताए ।

उनका अनुसार दिउँसो श्रीमतीसँग झगडा भएको विषयमा विवाद हुँदा छोरीमाथि गोली प्रहार भएको थियो । त्यसपछि घरमा आगो लगाएको पाइएको धामीले बताए । प्रहरीका अनुसार घरमा राखिएको भरुवा बन्दुकबाट छोरीलाई गोली हानिएको भनिएको छ । घटनालगत्तै नजिकै रहेको प्रहरी कार्यालयबाट टोली पुगे पनि धनबहादुर जंगलतिर भागिसकेका थिए । अहिले जंगल क्षेत्रमा प्रहरीले सर्च अपरेशन जारी राखेको छ ।

चर्चामा

सम्बन्धित समाचार