शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • मुक्त हलियाहरुलाई ४५ दिने सिकर्मी तालीम संचालन

मुक्त हलियाहरुलाई ४५ दिने सिकर्मी तालीम संचालन

  • आइतवार, माघ २५, २०७७
मुक्त हलियाहरुलाई ४५ दिने सिकर्मी तालीम संचालन

बाजुरा — बाजुरा जिल्लाका मुक्त हलियाहरुका लागि ४५ दिने सिकर्मी तालिम जिल्लाको सदरमुकाम मार्तडीमा संचालन भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सघं बाजुराको आयोजनामा बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० का गरी ७ जना मुक्त हलियाको जिवन परिर्वतन होस भन्ने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको हो । मार्तडीमो तालिमको औपचारीक कार्यक्रमको आयोजना गरि संचालन गरिएको सघका कार्यालय प्रमख राेशन खड्काले बताए ।
मुक्त हलिया समुदायको पुणर् पुन स्थापनाका लागि सहयोग परियोजना अन्तगत हलिया घर परिवारका युवा युवतीहरुको आर्थिक ससक्ती करण गरी जिबिको पार्जनमा टेवा पुर्याउने उदेस्यका साथ सो तालिमको आयोजना गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सघं बाजुराका परियोजना अधिकृत  खड्काले बताएका छन ।
बिगत ३ बर्ष देखी बाजुरा जिल्लाका बिभिन्न ठाउँमा हलिया समुदायहरुका लागि शिक्षा पैरबी र जिविको पार्जन कार्यक्रमहरु गर्दै आएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सघं बाजुराले जनाएको छ ।
सदरमुकाम मार्तडीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सघं बाजुराका उपाअध्यक्ष गोरख बिकको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमा घरेलु तथा साना उद्योग बिकाश समितिका प्रमुख मान बहादुर चाँडको प्रमुख आथित्यमा संचालन भएको थियो ।
प्रमुख अतिथि समेत रहेका समितिका प्रमुख चाडले जिल्लामा सिकर्मी डकर्मीहरुलाई धेरै तालिम दियौ तर कतिपयले उद्योग संचालन गरेको भए पनी धेरैले नगरेकोले यस्तो नगर्न समेत अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार