• होमपेज
  • समाज
  • बैतडीमा गोली हानेर बुवाले गरे छोरीको हत्या

बैतडीमा गोली हानेर बुवाले गरे छोरीको हत्या

  • शनिबार, माघ २४, २०७७
बैतडीमा गोली हानेर बुवाले गरे छोरीको हत्या

बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन्।पुर्चौंडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए।

उनले शनिबार बेलुकी ५ बजेतिर घटना भएको बताए। स्थानीयलाई उद्धृत गर्दै उनले श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको भन्ने सुनिएको बताए।

यद्यपि, प्रहरी घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए।बैतडीमा लुकाइछिपाइ स्थानीयले भरुवा बन्दुक राख्ने गरेको पाइएको छ। गोली प्रहार गर्ने बुबा भने अहिले फरार छन्।

चर्चामा

सम्बन्धित समाचार