• होमपेज
  • विचार/ब्लग
  • देशलाई कता डोराउँदैछन ?

देशलाई कता डोराउँदैछन ?

  • शनिबार, माघ २४, २०७७
सेयर गर्नुहोस् :
देशलाई कता डोराउँदैछन ?

हाम्रो देश अहिले अत्यान्तै तरल अबस्थामाछ।यो परिस्थितेले देश कता जानेहो त्यो अड्कल काड्न अलि अपठ्यारो भयकोछ।प्रचण्डले आज गरेको बन्दलाई सफल पार्न उनिहरुले जुन प्रकारको उदण्ड मचाए देशमा त्यो देख्नेहरुले प्रचण्डका कार्याक्रताहरु लाई अराजक र अनुशासन बिहिन राता मण्डलेनै भने।यस्तो त पञ्चायति कालमा मण्डलेहरुले गर्ने हिम्मत पनि गरेन जो उनिहरुले गरे।गरिब ब्यापारीले किनेर ल्यायको तरकारी जसबाट सामन्या मुनाफा कमाएर आफ्नो र परिवारको पेट पाल्ने श्रोत बनाएकाछन त्यो पनि बक्सेनन्।रेडा पल्टाई दिने,सब्जी छितुरदिने,कसैलाई धम्काउँने याता यातलाई अबरुद्ध गर्ने निजि बहानमा आगो लगाई दिने जस्ता घृणित कृयाकलाप भयो।
हिँजो आफु सरकारमा हुँदा प्रचण्डले बिप्लब समुहलाई प्रतिबन्ध लगाएका थिए।उनिहरुलाई देशमा शान्ति भङ्ग गर्ने आरोप पनि लगाएर उनको धरपकड गरेका थिए।यत्तिको गुण्डा गर्दि बिप्लबले गरेनन जति आज प्रचण्डहरुले गरेकाछन।
मलाई यादछ राजमोले संघियताको बिरुद्धमा काठमाण्डौ केन्द्रित दशदिने आन्दोलन सन२००९ अप्रेलमा आयोजना गरेको थियो।उनिहरुको आन्दोलन अत्यान्तै अनुसाशित र जनचेतना जगाउँने खालको थियो।त्यो संघियता बिरद्धमा राजमो नबोलेको भए देशमा यो भन्दा पनि भयानक खाले जातिय संघियताको बिजा रोपण भयको थियो।राजमो एक्लैले त्यसको बिरोध गरेपछि कम्तिमा जातिय संघियताको पुरै बिरोध भयो र संघियता बाट जातिए हट्यो।
तरपनि त्यो बेलाको माओवादी सरकारले त्यो संघियता बिरुद्धको आन्दोलनलाई बिथुल्ने ठुलो शडयन्त्र गर्यो।त्यो मात्रै होईन त्यो बेलाका मन्त्री गोपाल किँरातिले राजमोलाई प्रतिबन्ध लागाउँनु पर्छ भनेर समेत भन्न पछि परेनन।र राजमोले गरेको जुलुसमा आफ्नो जुलुसले करस गराएर भिडाउँने प्रयात्न समेत गरेका थिए तर त्यो बेला राजमोले उनिहरुको सडयन्त्र लाई बुझेर त्यहि प्रकारले सचेतना अप्नाएर भिड्न्त हुन बाट बच्यो।माओवादीले अराज सैलि बाट सत्ता कब्जा गर्ने वा वार्गेनिङ्ग गरेर आफुले फाईदा लिने प्रयास गर्दै आएको ईतिहाशनैछ।
अहिले ओली लाई संसद बिघटन गर्ने बाताबर्ण श्रृजित गरेको पनि प्रचण्डको ओलि सँगको पटक पटकको वार्गेनिङ्ग पनि काफि हद सम्म जिम्मेवारछ।एक्लो ओली मात्र दोशी छैनन् भन्ने कुरा प्रचण्डको ब्यबहारले पनि पुष्टी गर्दै आएकोछ।तर ओलिले पनि जो जस्तो अबस्थामा पनि यसरी संसदलाई बिघटन गर्नु गलत मात्रै होईन असम्बैधानीक र अलोकतान्त्रिक एउटा फासिवादी र तानासाही प्रकृयाहो।जुन प्रकारले संसद बिघटन गरे त्यहि सैलीमा उन्ले नियुक्ति गर्दै आएकाले उन्को फाशीबादी चरित्रलाईनै दर्शाउँछ।
आज पूर्व राजा ज्ञानेन्द्र समेतले बोल्ने मौका पाएका छन।उन्ले आफुलाई महान ब्याक्तित्वको प्रदर्शन गराउँन लाई भयपनि”प्रचण्ड र ओली समेतलाई यसरी मनपरि गर्ने बन्द हड्ताल गर्नु भन्दा देशमा बिकाश गर्ने र जनतालाई बिस्वासमा लिन सक्नु पर्ने”जस्ता युक्ति बताएकाछन।अहिलेको देशमा बन्द र हड्ताल गरेर कस्लाई फाईदा पुराउँन खोजेका हुन त्यो प्रष्टछ।देश र जनताको हित बिपरित छ।
एकातिर देशमा पहिलेई देखि सम्बिधानमा धमाधम यो जनाबद्ध रुपबाट आकारमण हुँदै आएकोछ।मुख्यतः मदेशबादी दलहरुले छिमेकिको ईसारामा संम्बिधानलाई संसोधन गर्ने योजनावद्ध रुपबाट शंघर्ष गर्दै आएकाछन।आर्को तिर राजावादीहरुले हिन्दु धर्मको आडमा संघियता माथि हमला गर्दै आएकाछन।तर हिन्दु धर्मको नारामा विस्व हिन्दु परिषद,भारत र राजावादीहरु समेतको एकता हुँन सक्नेमा दुई मत नहोला।
छिमेकले देशलाई सके सम्म सिक्किम बनाउँने उदेश्यले सदैभरी देशको सार्वभौमिक्ता,अखण्डता माथि प्रहार गर्दै आएको ईतिहाश छ।उनिहरुले हिमालय सम्म आफ्नो अधिकारका कुराहरु गर्दै आएकाछन।सिक्किममा सन१९७३मा दंगा गराउँने सन१९७४मा बिधान सभाको निर्वाचन बाट आफ्ना कटपुतलि हरुलाई जीताएर एउटा बिल जस्तै देशलाई १को बिरुद्धमा३१जनाले भारतमा बिलय गराएका थिए।त्यो त्यत्तिकै सफल भैन बरु तेस्को लागि भारत ले बारमबार प्रयास गर्यो।त्यँहा वास्तबमा त्यो भन्दा पहिले नेपालीहरुको बहुल्य थियो।त्यँहाका जनतालाई बिदेशी खेद्न लगाएर उनिहरुको बिचमा प्रजातन्त्रको बकालत गर्दै राजा च्वोगेल सँग पटक पटक असमान सन्धि र सम्झौता गर्न लगाएर उस्लाई मात्रै नामको राजा बनाई त्यसको सबै अधिकार खोसेर बल्ल सफल भएको हो।नेपालमा पनि त्यहि प्रकारको चाल चल्दै आएकोछ।जनताको निरन्तर देशभक्ति पुर्ण शंघर्ष गर्दा अहिले सम्म उस्ले देशलाई प्रत्यक्ष हश्तक्षेप गरेको थिएन।तर पछिल्ला दिनहरुमा देशमा पदलोलुप्ता र लाछि नेताहरुले गर्दा उस्को हिम्मत बढेर गयकोछ।
तर यिनिहरुको यो अदुरदर्शियता र पद लोलुप्ताको परिणाम देशले भयंकर संकटको सामना गर्नु पर्नेछ।
देशलाई निकाशनै नदिने बिदेशीको शड्यन्त्र लगातार यि र यस्तै खालका नेताहरुले गर्दा सफल हुँदै आएकोछ।
देशमा शम्बिधानलाई बन्नै नदिने प्रयात्न पनि नभयको होईन।जन तन सम्बिधान आयो त्यसले गणतन्त्र सँग सँगै संघियता ल्याउँनु नै हाम्रो देशको लागि दुर्भाग्या थियो।
एउटा सानो देशमा जो आर्थिक पिछडिएकोछ जस्को आयश्रोत मात्र रेमिटेन्सीमा आधारितछ।त्यसले आठौटा सरकार नौ वटा संसद र १३५जना मन्त्री,८८४सान्सद र सातौटा राज्याहरुमा हुँने त्यहि अनुपातको कर्मचारीहरु लाई पाल्नु परेकोछ।आखिर किन यति ठुलो खर्चिलो ब्यबस्था चाहिएकोछ हामिलाई?एउटा राजधानी र एउटा सरकार ले कामचलाउँन सकिन्छ।प्रजातान्त्रिक बिकेन्द्रियतामा आधारीत एकात्मक राष्ट्र प्रणालि अप्नाएरपनि स्थानिय स्वत्ता स्थानिय तहमा अधिकार दिएर देशको बिकाश गर्न सकिन्छ।तर त्यता तिर कसैको ध्यान जाँदैन मात्रै कुर्चिका लागि लडाई चलिरहन्छ।देशको बिकाशका कुनै छलफल हुँदैनन।आपसमा सत्ताको लागि एकले आर्कालाई मार्ने र मोर्नेमा आफुलाई केन्द्रित गर्दै आएकाछन।
आखिर किन?हाम्रो देश यो चालाले कहिले उभो लाग्दै लाग्दैन।देशलाई आत्मानिर्भर गराउँने तर्फ कसैको ध्यान जा्दैन।मात्र लुट मार गरेर आफ्नो शक्ति देखाउँने प्रयात्नमाछन।
देशभित्र युवा शक्ति बस्न सक्ने बाताबर्ण राज्याले बनाउँन सकिन,कर ले आम जनमानशमा निराश छाएकोछ।रोजगारको ब्यबस्था,कृषिमा आबस्याक सिँचाई मल बिउको ब्यबस्था त्यो कत्तिछैन।बरु किसानहरुले आर्काको देशमा गयर मज्दुरी गरेर बल्ल तल्ल किनेको एउटा पाटोमा समेत बिकासको नाममा मोटर हिँड्ने बाटो बनाई दिन्छन।अब त्यो बिचरा ले के गर्नसक्छ?यस्तो कहालि लाग्दो देशको ब्यबस्थाछ।कोई अर्को पाल्टीको छ भने त्यसको खोईरो खन्ने ब्यबहारले एउटै सन्तान भित्रपनि मार काट को बिकाश भएकोछ।देशमा घटिया प्रकारको राजनीति हैवी भयो।मात्रै मारकाट लडाई जस्ता अमानबिय बिवेक हिन र अमैत्रिपुर्ण राजनीतिक ब्यबहारको बिकास भयकोछ।
हामि यो देशका नागरिकहरु अहिले यस्तो भिषण राष्ट्रिय परिस्थितिमा पनि एक जुट हुन सक्दैनौ भने देशलाई कता डोराउँला?हामिले निदार खुम्चाएर सोचौँ।एउटा ब्यबस्थित चलिरहेको सरकारलाई बिघटन गरेर सदनलाई सडकमा लतारेर जनतालाई रम्मिते बनाउँदा संसारले के भनेकोछ त्यतातिर यिनि नेता भनौदाहरुको ध्यान पुग्नै सकेकोछैन।
संसदलाई पुर्नव बहालि गरेर संघियतालाई खारेज गराउँनको लागि देशमा देशभक्त गणतन्त्रबादीहरुको एकता र अबिचलित बलियो शंघर्ष को अपरिहार्य भयकोछ।

चर्चामा

सम्बन्धित समाचार