शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आत्माघाती बाटो

आत्माघाती बाटो

  • बिहिबार, माघ २२, २०७७
आत्माघाती बाटो

देशमा दुई तिहाही बहुमतको सरकार लाई बिघटन गरेर सडकमा मशाल जुलुश अनि बन्द हड्ताल केका लागि? पूर्व एमाले अनि माओवादीहरुले पार्टी एकता गरेर सरकार बनाए।जनताले उनिहरुलाई सक्यासम्मको अमूल्य मतदान गरे।अखण्ड देश बलियो र स्थिर सरकार बनाउँन दुबै पार्टीलाई पुर्ण बहुमत मात्रै होईन दुई तिहाई बहुमत दिएर संसदमा पठाए।जनताले कम्तिमा पाँच बर्ष सम्म देशमा मज्बुत सरकार भयो भने देशको बिकाशहोला र देशमा शान्ति सुब्यबस्था होला देशमा हुने लगातार बिदेशी अतिकर्मणमा रोक लाग्ला र सकेसम्म असमान सन्धि सम्झौतामा रोक लाग्ला सके पहिलेका असमान सन्धि सम्झौता खारेज भयर नयाँ पञ्चसिलका आधारमा सन्धि होलान देशभित्र भुमाफिया भ्रष्टचार,जातिय लेङ्गिए धार्मिक बिभेदमा अङ्कूश लाग्ला आदि ईत्यादी आशमा यि दुई पार्टी एक भयपछिको ब्यबहार हेर्ने आशमा जनताले भारिमत दियो।तर “कुकुरको पुच्छर बाह्र भर्ष सम्म बाँसको ढुङ्गरामा राखेर निकाल्ने बेला उस्तै बाँङ्गो थियो”भन्ने उखान लाई फेरीपनि प्रष्टाईदिए।उनिहरु सडकमा केका र कस्कालागि कुन कुन मुद्धा लिएर आएकाछन?उनिहरु मध्य दुबै पक्षका कुर्चिको तानातानिमा रोएकाछन।एउटाले संसद भङ्ग गराए आर्कोले उन्लाई पाल्टी बाट कार्वाही गराए।अनि संसदलाई भङ्गर्नेले चुनावमा दुई तिहाई ल्याउँने सपना बोकेर सडकमा छन।आर्कोले आफ्नो अस्तित्व बचाउँन रुवाबाश गरेकाछन।जनता र देशको कसैलाई पनि कुनै सरोकार छैन।खास गरेर नता ओली पक्षलाई छ न प्रचण्ड पक्षलाई छ।आजको बन्दलाई सफल बनाउँन हिँजो प्रचण्ड पक्षले मसाल जुलुश निकाले जनतामा खौफ श्रृजित गर्ने र बन्द सफल पार्ने मनसायले पूर्व शन्धामा मशाल जुलुश गरेकाछन।
देशको चिन्ता हुँनेहरुले सुरु देखिनै बिरोध गर्दै आएको राष्ट घात जनघात भ्रष्टचार लगायत गलत कृयाकलापको बिरोध गर्दै संघियता समेतको उति बेला देखि बिरोध गर्दै आएकाछन जति बेला संघियता देशमा छिर्यो।
राजमो नेकपा मसालले लगातार संघियताको बिरोध गर्दै यसको अबिलम्बन खारेजको माग गर्दै आएकोछ,असमान सन्धिको बिरोध गर्दै आएकोछ।अमेरीकी साम्राज्यावादले पठाएको त्यो एमसीसीको भण्डाफोर्ड र बिरोध गर्दै आएकोछ।जनताहरुलाई सचेत र संगठित हुँनमा जोड दिईदै आएको छ।
एउटा देशभक्त गणतान्त्रिक शक्तिले गर्नेकाम जनताको हितमा जनताको आन्दोलन सँग एकाकार भयर जनताको मागलाई लिएर २०४२साल देखि लगातार अबिचलित रुपमा शंघर्ष गर्दै आएको देशभित्र एउटा पार्टि राजमो देखिन्छ र आर्को मसाल देखिन्छ।तर जनताले कुरो नबुझेर कथित ठुला पार्टीले देखाएको लोभ लालच वा क्षाणिक सुबिधा वा डराएर भयपनि उनिहरुलाई सपोट गर्दै आउँनाले अहिले यो परिणाम ल्यायो।
नेपालमा २०४६सालको जन आन्दोलन पछिको पहिलो चुनावलाई नेकपा मसालले बहिस्कार गय्रो।किन भने त्यो बेला आएको बहुदल राजामा अन्तरनिहित थियो।र राजाले जहिलेपनि आपत कालिन अबस्था श्रृजित गरेर सत्ताको बागडोर आफ्नो हातमा लिन सक्थ्यो र पछिउस्ले लियो पनि।अहिलेको नेकपाको ब्यबहार ठिक त्यस्तो हुन गएको छ जस्तो कि २०४६ पछि देशमा पहिलो आम निर्वाचन पछिको अबस्था भयको थियो।
त्यो बेला २०४८सालको आम निर्वाचनमा २०५मध्य११०स्थानमा बिजय भयर बहुमत पाएको नेपाली काँक्रेसका अन्तरिम प्रधान मन्त्रि तथा पार्टीका अधक्षा कृष्णप्रसाद भट्टराई निर्वाचनमा पराजित भयपछि संसदिय दलका नेता छानिएका त्तकालिन महामन्त्रि गिरिजाप्रसाद कोईराला लाई त्यो बेलाका श्री५बाट२०४८जेष्ठ१३गते प्रधानमन्त्री नियुक्त गरियो।सो मन्त्रीपरिषदमा शुरुमा प्रधानमन्त्री र १४जना मन्त्री गरी १५जना भयकोमा दुई जना राज्या मन्त्री नियुक्त भयका थिए।
स्वायम नेपाली काँग्रेश भित्रको बिबादले देशमा मध्यावदि निर्वाचन गर्ने बाताबर्ण श्रृजित भयो।त्यो बेला कृष्णप्रसाद भट्टराईले हारेपछि गिरिजाप्रसाद कोईराला र कृष्ण प्रसादका को बिचमा गुट छचल्कियो।कृष्णप्रसाद भट्टराई नजिका धुण्ढिराज शास्त्री,चिरञ्जीवी बाग्ले,शेख इन्द्रिश,गोपालमान श्रेष्ठ र तारानाथ राना भाटलाई पार्टीको केन्द्रिय कमिटी लाई जानकारीनै नदिई गिरिजा प्रसाद कोईरालाले निकालदिएपछि पार्टीको केन्द्रिय समितिले काठमाण्डौ क्षेत्र न.१मा भयको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई उमिदवार बनाउ्ने निर्णय भयपछि त उनिहरुको बिचमा घात अन्तरघात सार्वजनिक देखा पय्रो।पछि भट्टराई पुनःपराजित भए।उतिबेला नेपाली काँग्रेसको अन्तरकल्हले देशमा मध्याब्दि निर्वाचन कार्तिक२९गते २०५१मा आमा निर्वाचन भयो तर त्यसमा कुनैपनि दललाई सम्पष्ट बहुमत मिलेन।र नेपाल कम्युनिष्ट पार्टी एमाले२०५१साल मंगसिर१३गते मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाईयो।यो सरकारपनि लगभग १००पुरा नगर्दै बिबादमा पर्यो।
त्यो बेलाको नेपाली काँग्रेशपनि आफ्नै भित्रको कल्हले दुखःपाएको थियो अहिले एकिकृत कम्युनिष्ट पार्टी को आपसि फुट्ले दुखः पाउँने पक्का पक्किछ।वास्तबमा उनिहरुले छोपेको बाटो आत्मघातिनै हो।अन्तिममा उनिहरु दुबैले यस्को खामियाजा भुक्तिनै पर्नेछ।

चर्चामा

सम्बन्धित समाचार