शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सहयोग नहुुदा दलित समुदायले चलाएको बिद्यालय आर्थिक अभाबमा अलपत्र

सहयोग नहुुदा दलित समुदायले चलाएको बिद्यालय आर्थिक अभाबमा अलपत्र

  • बुधबार, माघ २१, २०७७
सहयोग नहुुदा दलित समुदायले चलाएको बिद्यालय आर्थिक अभाबमा अलपत्र

बाजुरा — बुढिगंगा नगरपालिका १० मा रहेको मष्टेश्वरी प्राबि आर्थिक अभाबमा अलपत्र अबस्थामा परेको छ । भौतीक पुर्वाधार अभाब र जनशक्क्ति अभाब बिद्यालयनै अलपत्र अबस्थामा रहेको स्थानिय मिनाले वताएकि छन् । सहयोगका लागि धेरै ठाँउमा पहल गरेको भएपनि कतै बाट सहयोग नहुुदा समस्यामा परेको छ ।
२०६६ सालमा स्थापना भएको बिद्यालयमा पुरै दलित समुदायले सञ्चालन गर्दै आएका थिए । सरकारले अनुमति मात्र दियो, तर अन्य कुनै पनि सहयोग नगरेको बिद्यालयका प्रअ लोकेश बिकले वताएका छन् । कक्षा ३ सम्म पढाइ हुुने बिद्यालयमा १ सय भन्दा बढि बिद्यार्थी रहेका छन् । भवन अभाबमा कक्षा १ र २ कक्षाका बिद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरेको शिक्षिका सिता साउदले वताएकि छन् । त्यहि पनि ठाँउ नभएर कोचा कोच हुने गरेको उनले वताईन् ।
५१ परिवारले दलित भारतमा चौकीदारी गरेर बिद्यालय चलाउदै आएका थिए । भारतमा कालिका सामुदायिक सुसाईटि सञ्चालन गरेर बिद्यालयको स्थापना गरेको थियो । सोसाईटि मार्फत २ लाख ५० हजारको भवन निर्माण गरेको थियो, हाल त्यो जिणर् अबस्था रहेको छ । बिद्यालयमा तिन जना शिक्षक रहेका छन्, तिनै जनालाई पहिला सोसाईटि बाट तलब दिने गरेका थिए, अहिले त्यो सोसाईटि पनि आर्थिक नभएपछि शिक्षकले तलब खान नपाएको १८ महिना भएको शिक्षिका निर्मला विकले वताईन् । उदारोमा पनि कति काम गर्ने उनले थपिन् ।
प्रति शिक्षक ४ हजारका दरले ३ जनाको एक महिनाको १२ हजार हुने गरेको छ । आफ्नै ठाँउको बिद्यालयमा सहयोग गरौ भन्ने भावनाले आफुहरुले थोरै तलबमा काम गर्ने गरेका छौ, त्यहि पनि तलब खान नपाएको लामो समय भइसकेको लोकेश बिकले वताए । अर्को भौतिक पुर्वाधार अभाब रहेको उनले वताए । भवन जिणर् रहेको छ, शौचालय समेत छैन्, सबै बिद्यार्थी खोलामा दिशापिसाब गर्ने गरेको छन् । पटक पटक स्थानिय तहमा पहल गर्दा पनि कतै बाट वास्ता नभएको बिद्यालयले जनाएको छ । आर्थिक नभएपछि बिद्यालयमा कार्यलय सहयोगि समेत नराखेको बिद्यालयले जनाएको छ ।
बिद्यालयमा अध्यननरत सबै दलितका छोरा छोरी रहेका छन्, राज्यको पनि ध्यान नजाने गरेको स्थानिय बासिले वताएका छन् । कति पटक भनिसक्यौ कतै वाट केही सहयोग नहुने गरेको मिना बिकले वताएकि छन् । आफुहरुका कुरा कोही नसुन्न गरेको उनले वताईन् । पहिला त सोसाईटिमा अलिकति आर्थिक हुन्थ्यो, अहिले त त्यो पनि सकिएपछि बिद्यालय सञ्चालनमा निकै समस्या भएको उनले वताईन् । वडा अध्यक्ष धर्मराज जैशीले भने आर्थिक अभाबमा बिद्यालय अलपत्र रहेको स्वीकार गर्छन् । नगरपालिकामा पहल त भइरहेको तर नगरपालिकाले चासो नदिएको आरोप लगाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार