
हाम्रो देशको राजनीतिक गतिबिधीको ईतिहाशले हामिलाई अँझैपनि सचेत गर्न सकेन।पटक-पटक ठोक्किन्छौ अनि फेरी पनि त्यँही ठोक्किन जान्छौँ।आखिर किन यस्तो अनौठो अबस्था श्रृजित हुन्छ? निश्चित रुपमा हाम्रो कम्जोरी अदुरदर्शियता केटौले राजनीति र सत्ता लोलुप्ता अनि लालचको मिश्रणले हामि ग्रसितछौँ त्यसैको फाईदा प्रतिगामि तत्वले उठाउँदै आएकोछ र अँझैपनि त्यो सक्रियछ। त्यसैको फाईदा छिमेकीले पनि उठाई रहेकोछ।
अहिले ओलिको राजनीति गतिबिधी बिस्तारै उतै लक्षित हुँदै आएको आभाश हुँन्छ।कम्युनिष्ट बाट जब मान्छे पतित हुनथाल्छ त्यो बिस्तारै कुहेको अन्डा जस्तै दुर्घन्धित बन्छ।अहिले धेरै जसो आफुलाई कम्युनिष्ट बताउँनेहरुको हालत त्यस्तै त्यस्तै भएकोछ।कतिपयले ओलि राज सँग मिलेका छन भनेर भन्दै पनि हिडेकाछन त्यति मात्रै होईन आगामि २३गते हुँने जन सभामा राजावादीहरु समेतको सहभागि हुँनेर ओलिले हिन्दु धर्मको घोषणा गर्ने टिका टिप्पणि पनि हुँदै आएकोछ।त्यो उनिहरुले एक आर्काको बिचमा गरिएको आरोप प्रतिआरोप मात्र हो भनेर चुप बस्ने अबस्था पनि छैन।ओलि ले पशुपतिमा लाख बत्ति बाल्ने भनेर संकेत पनि गरिसकेकाछन।उन्ले पुशुपतिमा लाख बत्ति बाल्ने कुरा त्यतिकै आएकोछैन।त्यसमा कयौँ राज हुनसक्छन।त्यो एउटा आशंकाको बिषय हो तर ब्यबहारले पनि त उन्लाई प्रतिगामि को नजिक पुराएकोछ।अहिले संसद बिघटन गरेर मध्याब्दि चुनावमा जाने घोषणा गणतान्त्रिक शक्तिले गर्ने काम होईन।एउटा तानाशाह अप्रजातान्त्रिक र असम्बैधानिक कृयाकलापनै हो।अब ओलि र राज तन्त्रमा खासै के अन्तर रह्यो त?ओलिको ब्यबहारलाई बुझ्न हामि केहि राजाहरुको उधारण दिँदा अशान्द्रभिक नहोला।ईतिहाशमा राजाहरुले २००७साल यता सबै राजनीतिक पार्टी र जनताहरुलाई छक्काएर त्रिभुवनले शाशन चलाए।दिल्लि सम्झौताको बिरोधमा २००८साल कार्तिक२०गते काठमाण्डौको भुगोल पारकमा भाषण गरिरहेका बिध्यार्थिलाई गिरफतार गराए।प्रहरीको गोलिबाट तिन जना बिध्यार्थि घाईते हुनगए आखिरमा घाईते मध्यका चीनिया काजीको १०ः३०बजे मृत्यु भयो त्यो बेला गृह मन्त्रालय त्रिभुवनको हातमा थियो।उनैको हातमा सबै साशन अन्तरनिहित थियो।
मात्रिका प्रसाद कोईरालाको राष्ट्रीय प्रजा पार्टीको सरकारलाई पतन गराएर महिन्द्र बाट१बर्ष प्रत्यक्ष साशन चलाए।२०१२बैशाख१गते शाहि सल्लाकारनियुक्त गरे।उनिहरुले सबै राजनीतिक पार्टीलाई माछो माछो भेगुता गराएर।जनताले आफ्नो रगत बगाएर राणाहरु बाट खोसेको साशन सत्तालाई त्रिभुवनले”बिधान मण्डल”को चुनाउ हुँने भन्दै लोलिपोप दिईँदै आखिरीमा एकैसाटो पछि २०१५फागुन सात गते देखि२०१६बैशाक१६गते सम्म संसदिय निर्वाचन गराए।१०९सिट मध्य७४सिटमा बिजय हाशिल गरेको नेपाली काँग्रेसलाई निक्कम्मा साबित गर्दै सम्बिधानको धारा५५लाई उपयोग गर्दै पुष १गते दिउसो ३ः३०बजे एउटा घोषणा बाट संसदलाई भङ्ग गराए।हाल लाई भनेको त्यो घोषणा पुषको२२गते सबै राजनीतिक पार्टीहरु माथि प्रतिबन्द लगाएर प्रत्यक्षा निरंकुस साशन ब्यबस्था सुरु गरे।
त्यो बेला जनता र तमाम राजनीतिक पार्टीलाई उल्लु बनाएर उन्ले रणाहरुले जस्तै शाह खानदानले राज गय्रो।जो पछि २०४६साल सम्म बर्करार रह्यो।यो बिचमा बिद्रोह नभयको पनि होईन जो बलपुर्वक कुचल्दै शासन चलाए।२०३५सालको चैत्र२२गते अर्थात४अप्रेल सन १९७९को दिन बिहानै२बजे पाकिस्तानको सैनिक सरकारले त्यँहाको भुतपुर्व प्रधान मन्त्रि जुल्फिकर अली भुट्टोलाई उनैका राजनीतिक प्रतिद्वन्दी महमद रेजा कसूरीको हत्याको अभियोगमा मृत्यु दण्ड दियो।त्यो आगो नेपालमा पनि सल्कियो।
यसको बिरोधमा २०३५चैत्र२४गते नेपाली बिध्यार्थिहरूले काठ माण्डौको लैनचौर स्थित पाकिस्तानको दुताबाशलाई बिरोध पत्र दिन जाँदा प्रहरीले उनिहरुमाथि लाठी चार्ज गय्रो।केहि बिध्यार्थिहरु गिरफ्तार पनि भए।जँहा दमन हुन्छ त्यँहा प्रतिकार हुन्छ भनेझैँ बिध्यार्थिको यो आन्दोलनले जन आन्दोलनको रुप लिन थाल्यो।जस बाट राजा आत्तिएर जेष्ठको१०गते२०३८सालमा जनमत संग्रहको घोषणा गरियो।२७गते प्रथम पटकको आम निर्वाचन भयो पछि राष्ट्रीय पञ्चायतको २०४३बैशाक २९गते राष्ट्रिय पञ्चायतको लागि११२स्थानमा चुनाव गरियो।तर त्यो पनि जनतालाई छक्काउँन राजाले गरेको शडयन्त्रनै थियो।पछि २०४६आलको त्यो ऐतिहाशिक जनआन्दोलनलाई समेत आफ्नै पोल्टामा पार्न सफल भयको थियो।त्यो बेला नेपाली काँग्रेस र बाममोर्चा जस्ता राजनीतिक पार्टिहरुलाई समेत राजाको शडयन्त्रमा फसेर स्वयम राजाको रोबरमा बनेको सम्बिधानलाई काट छाँट गर्न सम्बिधान सुधार आयोगको गठन गरियो।वास्तबमा त्यो बेला सम्बिधान सभाको चुनाब गराई दिएको भए आज देश धेरै अगाडि जानेथियो।त्यो बेला हामिले सम्बिधान सभाको आबस्याकता मा जोड दिएका थियौँ।त्यो बेला नेपाल कम्युनिष्ट पार्टी(मसाल)ले सम्बिधानको सभाको माग गर्दै २०४८को आम निर्वाचन समेत बहिस्कार गरेको थियो।तर उनिहरुले राजालाई दारा र नग्रा भाँचेर पिन्जडामा थुनि सकेपछि राज बिउँतिन्छ भन्नु स्याल हुईया भनेर नेकपा (मसाल)को उपहाश गर्न समेत पछि रहेनन्।अनि त्यो दारा र नग्रा भाँचिएको राजा पिन्जडा बाट शिहँ दरबारमा जान धेरै समय लागेन।त्यही राजाले खोसेको सासनको लागि नेपाली जनताले कयौँ होनहार छोराछोरीको बलि चढाउँन पय्रो र पछि १९दिने ऐतिहाशिक जन आन्दोलनले मात्र राज तन्त्र फाल्यो।यानिकी सम्बिधान सभालाई सबै दलले मिलन केन्द्र बनाउँन झण्डै डेड दशक लाग्यो १७हजारको ज्यान गयो हजारौँ घर बर्वात भयो।खर्बौको सरकारी सम्पति स्वाहा भयो।तर अहिले पनि देशमा सम्बिधान निर्माण भयकोछ।तर त्यो सम्बिधानलाई संस्थागत गर्न सकि राखेकाछैनौ बरु त्यसलाई कहिले आगो लगाउँछन कयौँले राज तन्त्रको बकालत गरेकाछन।के गणतन्त्रको बिक्लपमा राज तन्त्रलाई ल्याउँन खोजेकै होत?देशमा आमूल परिवर्तनको त खाँचोछ तर जनातामा फेरी अनिष्टको स्थिति श्रृजित गराउँन खोज्नेहरु जनता र देशका दुश्मननै हुँन भन्ने कुरामा कत्ति संका रहदैन।अहिले फेरी देशमा जटिल अबस्था श्रृजित भयकोछ।कथित हिन्दु धर्मको छत र छाँयामा प्रतिगमनको खेल हुँदैछ भन्ने बुझेर त्यो अनिष्ट आउँन नदिन तमाम देश भक्तहरु र गणतान्त्रिक शक्तिहरुको एकता अपरिहार्याछ।


