बाजुरा — जिल्लाको सदरमुकाम नजिकै रहेको बडिमालिका नगरपालिका वडा न ९ मा रहेको बडुवालबाडामा ३ सय ३० लिटर अबैध मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरीको टोलीले सो गाउँमा गएर बनाइरहेको स्थानीय उत्पादनबाट बनाईरहेको अबैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन ।
गस्तीमा गएको बेला बनाउन लागीरहेका बेला फेला पारेर आज दिउसो मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडाकुडाहरु समेत बरामत गरी नष्ट गरेको प्रहरी निरीक्षक नाथले बताए ।