• होमपेज
  • बडिमालिका
  • एटुजेटका प्रो प्राइटर बडुवालले जन्मदिनको अबसरमा एक जना बिपन्न बालिकालाई निशुल्क कम्पुटर पढाउने

एटुजेटका प्रो प्राइटर बडुवालले जन्मदिनको अबसरमा एक जना बिपन्न बालिकालाई निशुल्क कम्पुटर पढाउने

  • शुक्रबार, माघ १६, २०७७
एटुजेटका प्रो प्राइटर बडुवालले जन्मदिनको अबसरमा एक जना बिपन्न बालिकालाई निशुल्क कम्पुटर पढाउने

बाजुरा — बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न ९ निबासी निशान्त बडुवालले आफ्नो २३ औँ जन्मउत्सवको अबसरमा एक जना बिपन्न परिवारको बालिकालाई निशुल्क कम्पुटर पढाउने भएका छन ।
सदरमुकाम मार्तडी स्थित एटुजेट कम्पुटर एजुकेशन सेन्टरका प्रोप्राईटर समेत रहेका बडुवालले आफ्नो जन्मदिनको अबसरमा गरिने खर्चलाई ब्यबस्थापन गर्दै एक बालिकाको भबिस्य उज्वल होस भन्ने मानसायले आाफुले सो निणर्य गरेको बडुवालले बताए ।
उनले बडिमालिका नगरपालिका वडा न ७ रजातोलीकी बिपन्न परिवारकी बालिका सुमित्रा तिमिल्सेनालाई निशुल्क कम्पुटर कक्षा पढाउने घोषणा गरेका छन । उनले बडिमालिका खवरमा आएर कोही बिपन्न परिवारका बालबालिका मध्य १ जनालाई जन्मदिनको अबसर पारी बेशिक कोर्ष निशुल्क पढाउने बताएका थिए ।

बडिमालिका नगरपालिका  वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको सिफारीसमा बालिका तिमिल्सेनालाई निशुल्क पढ्न पाउने भएकी छन । उनको पारिवारीक अबस्था कमजोर भएकी कक्षा ११ मा मालिका माध्यामीक बिद्यालयमा अध्यानरत छन । कम्पुटर पढ्ने चाहाना भएर पनी आर्थिक अबस्था कमजोर भएका कारण उनले कम्पुटर अध्यान गर्न नपाएको र अब कम्पुटर पढ्न पाउने भएपछि खुसी ब्यक्त गरेकी छन ।
कम्तीमा साथीहरुसंग बसेर मनाउने जन्मदिनको खर्च ५ देखी ७ हजार सम्म खर्च हुन्छ त्यो पनी एक छिनको रमाइलो मात्रै हुने हो । तर कुनै बिपन्न परिवारको बिद्यार्थीहरुलाई सोही खर्च बराबरको शिक्षा दिने हो भने आफ्नो संगै समाजको इनाम र पढ्ने बिद्यार्थीका लागि सौलियत हुने बडुवालले बताए ।
अहिलेको परिबेशमा जन्नमदिन मनाउन निकै होडबाजी चलाईरहेका हुन्छन तर समाजमा परेको असरलाई नबुझ्ने गरि मनाएका जन्मदिनले फरक मोडमा जाने भएकोले आफुले आफ्नै कम्पुटर सेन्टरमा एक जनालाई पढाउन सके उसको भबिस्य उज्वल हुन तिर जाने भएकाले निकै खुसी ब्यक्त गरे ।

चर्चामा

सम्बन्धित समाचार