शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • सचेत युवा केपि बा / प्रचण्ड बा भन्दापनि ब्यबस्था बचाउन लागौं

सचेत युवा केपि बा / प्रचण्ड बा भन्दापनि ब्यबस्था बचाउन लागौं

  • शुक्रबार, माघ १६, २०७७
सचेत युवा केपि बा / प्रचण्ड बा भन्दापनि  ब्यबस्था बचाउन  लागौं

युवाहरू रास्ट्र निर्माणका खम्बा हुन।रास्ट्र निर्माणका आधार हुन, आज धेरै युवा खाडिमा छन् , बचेका केही आन्दोलनमा , कोहि लोकतन्त्र बचाउ भनिरहेका छ्न।कोहि राज्यसत्ता टिकाउ भनिरहेका छ्न।कोहि केपि बा भनिरहेका छ्न त कोहि प्रचण्ड । लोकतन्त्र मर्न हुदैन भन्ने हाम्रो जमात छ। हाम्रो पुस्ताले बाह्र बर्षको जनयुद्ध पनि सह्यो,जनआन्दोलन सह्यो,राज्य र आफ्ना सपनाको लागि कयौं सहिद भए ।कतिले आफ्नो सुन्दर भबिस्य ठुलो आगोको भुङ्ग्रोमा खसायो।कयौंले जीवन दान गरे त कयौंले जीवन बर्बाद । युवाहरुले सोच्ने गर्थे अब त देशले कोल्टे फेर्छ अब आन्दोलन गर्नु पर्दैन।एकथरी कम्युनिस्ट हरु भन्थे यो देशमा बन्दुकको नाल बाट राज्य सत्ता कब्जा गर्ने र अर्कोथरी बयालगाढा चढेर गणतन्त्र आउदैन भन्ने हरु पनि थिए।प्रचण्डको स्विजरल्याण्ड सपना बिक्यो ।त्या पछिको समय ०६२/६३ मा राजतन्त्रको बिदाई र गणतन्त्रको स्वागत गर्दा युवाको रगत नबगेको होईन ।

सहिदहरुको रगत , धेरैका पसिना,बलिदानि, त्याग तपस्या पश्चात् लेखिएको सङ्घिय लोकतान्त्रिक गणतन्त्र, देशको मुल कानुन संविधान २०७२ र पाएको ब्यबस्था लाई आज धुजाधुजा पार्दा आज देशको राजनीतिले नयाँ मोड लिएको छ ।कोरोनाको जीवाणुले देश आहालमा डुबेको छ।अर्थतन्त्र धरासायी भनेको छ, लाखौंले रोजगारी गुमाउनु परेको छ।सरकारको मतिभ्रस्ट भएको छ। प्रतिपक्षी दल काङ्ग्रेसले सरकार संचालनमा सडक देखि सदनसम्म कतै असजिलो गरेन।जनताको स्वास्थ्य लाई मध्यनजर गर्दै कोरोना उपचार कोषमा ५० लाख सहयोग गर्यो।काङ्ग्रेस ठूलो मन भएको पार्टी हो। दुई तिहाईको सरकारले राम्रो जनपक्षीय काम गरोस् भन्ने बिश्वास लाई काङ्ग्रेसको कमजोरी ठान्यो, टेरेन । जनमत प्राप्त दल सत्ताको खिचातानी र सत्ता आफुभित्रै संघर्षमा लाग्यो।
हिजोको पुस्ता राणाशासन, पञ्चायती व्यवस्था र युवाहरुले यो बुझौ कि राजतन्त्रविरुद्ध लड्न डराएको भए वा चुकेका भए आज हाम्रो पुस्ताले लोकतन्त्रको महसुस गर्न पाउने थिएन ।लोकतन्त्र मास्नेका बिरुद्धको खबरदारी हामिले गरेनौ भने तानाशाह मौलाउन सक्दछ्न। सत्तामोहले इतिहासका हरेक कालखण्डमा तानाशाह जन्मे तर तानाशाहको आयु लामो भने कदापि रहेन।केपि ओलिले बाटो त्यो हो होईन समयले बताउनेछ ।पछिल्ला दिनमा हामीले सोच्दथ्यौ व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अब छैन, किनकि लोकतान्त्रिक व्यवस्था नै सबैभन्दा उन्नत व्यवस्था हो ।

यही व्यवस्थामा सबै नागरिकलाई समानता र समृद्धि सम्भव छ ।यो देशमा स्विजरल्याण्ड सपना पछि सुखी नेपाली समृद्ध नेपालको नारा सबैभन्दा बढी बिक्यो तर नाफामा देशले हत्या, हिंसा , बलात्कार , भ्रष्टाचार , महङ्गी , कालोबजारी मात्र पायो। लोकतन्त्रको अभ्यासमा जनमत नै सर्वश्रेष्ठ हुन्छ तर जनमतको उचित मुल्यांकन नहुदा फेरि देशले ठूलो नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ।

२१औ सताब्दीको डिजिटल युगका हरेक युवा देश र दुनियाँ बुज्दछ्न, जान्दछ्न।सहि र गलत छुट्याउने कोसिस गर्दछ्न।हलिया मात्र बन्न सक्दैनन।बन्न हुदैन पनि। युवा हुनका लागि युवा उमेर, जोस, बल र ऊर्जा भए पुग्छ होला । तर, सचेत युवा हुनका लागि, युवा उमेर, जोस, बलले मात्र पुग्दैन । विचारमा नयाँपन, अध्ययनशील, वैचारिक, तार्किक, देशप्रति जिम्मेवार र कर्तव्यनिष्ठ हुन जरुरी छ।
दलको झण्डा बोकेपनी दलका नेताले गरेको कमजोरिमा बोल्ने कि नबोल्ने ?
राजनीतिक दलमा लाग्ने कि राजनीतिको दलदलमा फस्ने ?
धेरैजसो पुराना राजनीतिक दलमा कार्यकर्ता युवा नै छन्, । गुट उपगुटमा रमाइरहेका छन् ।आलोचनात्मक चेत, मानवीय संवेदना र विवेकको उच्चतम उपयोग गर्न सक्ने युवाकाे खाँचाे देशलाई छ। राजा आउ देश बचाउ भन्ने युवा जमात लाई हेक्का हुनुपर्छ आफ्नो छोरा लाई बनाउन नसक्ने, आफ्नो रगत, सहोदर दाजुको हत्यामा चुक्क नबोल्ने श्रीपेच बाट कसरी देश बन्ला ?सम्माननिय प्रधानमन्त्री केपी ओलीको ५ पुसको असंवैधानिक कदमविरुद्ध देशभर प्रदर्शन भइरहँदा पनि ओलीको पक्षमा नारा जुलुस गर्ने, ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो’ भन्ने पनि युवा नै हुन् ।”

केपी तेरो पाराले दुख पायो साराले भन्ने पनि युवा नै हुन ।ती दुई नाराकोमा लुकेको सत्य लाई युवा हरुले चिनौ।देशको लहर , आवाज सुनौ। बाको गुट , बाको घर मात्र बचाउनु भन्दा पहिला सिङ्गो ब्यबस्था / प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्रको घर बचाउने कि नबचाउने यो मुख्य प्रश्न हो ।प्रधानमन्त्रीको पछिल्लो कदम संसद बिगठन प्रती हाम्रो पार्टी नेपाली काङ्ग्रेस , यसका भातृ ,भगेनी संघ सस्था, क्रियाशिल नेता कार्यकर्ताले निरन्तर चरणबद्ध आन्दोलन खबरदारी गरेको छर्लङ्ग छ।नेपाली काङ्ग्रेसका हरेक युवा पछिल्लो असम्बैधानिक, अलोकतान्त्रिक कदमको भण्डाफोर मा जुटेका छन्,हामी प्रतिबद्ध छौ ।

हामिलाई ब्यबस्था माथिको प्रहार सह्य हुन सक्दैन। यो ब्यबस्था सानो दुख बाट ल्याएको ब्यबस्था होईन ।आज सहिद हरु लाई सम्झौ , उहाँहरुको आत्मा लाई सम्झौ।लोभी र पापी, जाली र महाजालिको लोभले / कम्युनिस्ट हरुको घरझगडाले सिङ्गो देश, देशको पनि देश चल्ने प्रणाली, ब्यबस्था खतरामा पार्नु हुदैन।सचेत युवा चुप लागेर बस्न सक्दैनन।बस्नु हुदैन।

फेरि हाम्रो पुस्ताले अझै संघर्ष र चुनौती सामना गर्नुपर्ने दिन आयो। रास्ट्रका लागी हामी थाक्नु हुदैन तसर्थ सचेत युवाले केपि बा बचाउने कि प्रचण्ड भन्दा पनि ब्यबस्था बचाउने तिर लागौं ।काङ्ग्रेस ब्यबस्था बचाउन प्रतिबद्ध छ ।अन्तमा वीर सहिदहरु प्रती उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली ,श्रद्धा सुमन अर्पण गर्दछु
जय नेपाल

चर्चामा

सम्बन्धित समाचार