शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • आमाको चिता सँगै बल्यो ८ बर्षिय मंगलको सपना

आमाको चिता सँगै बल्यो ८ बर्षिय मंगलको सपना

८ बर्षिय बालकको अकल्पनिय बज्रपात

  • बिहिबार, माघ १५, २०७७
आमाको चिता सँगै बल्यो ८ बर्षिय मंगलको सपना

बाजुरा — बिहिवार दिउसो बाजुराको बुढिगंगा नदिको शेराबगरमा एउटा नाबालक जलिरहेको आमाको लास तिर हेरेर रोइरहेको थिए । बुढिगंगा नगरपालिका ५ नवाघर बस्ने ८ बर्षिय मंगल विक आफ्नी ४१ बर्षिय आमा लालसरा देवी बिकको लासमा दागबत्ति दिएर जलिरहेको आमाको लास रुदै हेरिरहेका थिए । चिता बाट धुलोको मुस्लो उडिरहेको थियो । ति नबालकको पनि आमाको चिता सँगै मन जलिरहेको थियो ।
जन्म र मृत्यु त्यो अपरिहार्य हो कसैले टारेर टरदैन । जन्मने बितिकै एकदिन मृत्यु अनिवार्य छ कसैले रोकेर रोकिने छैन् । तर कसै कसैको मृत्युले परिवार बिच्चलीमा पार्छन्, र समाजनै रुवाएर जान्छन् । यो घटना पनि यस्तै घटना भएको छ । आमाको मृत्युमा मलामी गएका छोरा मंगल जब आमा चितामा जलिरहेकी थिईन । मंगल एकोहोरो आमा जलिरहेको चितामा टोलाइरहेका थिए, जसरी चित्ता दनदनी जलिरहेको थियो, त्यसरी उनको मन पनि जलिरहेको थियो । मलामीहरुले उनलाइ सम्झाइरहेका थिए, तर ति नाबालक एकोहोरो आमा जलिरहेको चितामा हेरिहेका थिए ।
एक नाबालक छोरा, आमाको लाश जलिरहेको हेरिरहँदा कस्तो पिडा भयो होला । त्यसैमा न आमा छन, न कोही, आमाको साहारा रहेका मंगल आमालाई दागबत्ति दिएर अन्तिम बिदाइ गर्दा मलामी सबै भाबुक बनेका थिए । मंगलको बुवा लाल सिं बिक ५ बर्ष पहिला उपचार नपाएर मृत्यु भएको थियो । साहारामा आमा मात्र रहेकि मंगलको आमाको मृत्युपछि ठुलो ब्रजपात भएको छ । मंगलको साहारामा १४ बर्षिय दिदि गिता मात्र रहेकि छन् । कक्षा २ मा पढिरहेका मंगल अब साहाराबिहिन र अलपत्र बनेका छन् ।
६ महिना देखी उपचार अभाबमा अलपत्र रहेकि मंगलकि आमालाई स्थानिय सामाजिक अगुवा हिक्मत थापाले बिभिन्न सहयोगिको सहयोगले शिक्षण अस्पताल काठमाडौमा उपचारका लागि लगेका थिए । चिकित्सकले कलेजोको क्यान्सर भइसकेको उपचार नहुने भन्दै घर फिर्ता ल्याएका थिए, घर ल्याएको १ हप्तामै उनको मृत्यु भएको स्थानिय हिक्मत थापाले बडिमालिका खबरलाइ बताएका छन् ।
मंगलको एउटा सानो खरले छाएको घर भन्दा बाहेक सम्पत्तिका नाममा अरु केही छैन् । जग्गा जमिन बिक्रि गरम भने पनि छैन्, अन्य कुनै जिन्सि सामान छैन्, । लालसराको मृत्युु हुँदा उनका २ छोरा छोरी समेत अलपत्र परेका छन् । लालसराले समयमै उपचार नपाउदा मृत्युको मुखमा पुुगेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार