• होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुख कोरोना खोप लगाएर अभियान सूरु

जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुख कोरोना खोप लगाएर अभियान सूरु

  • बिहिबार, माघ १५, २०७७
जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुख कोरोना खोप लगाएर अभियान सूरु

बाजुरा — बाजुरा जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना बिरुद्धको खोप लगाईने खोपको सूरु गरिएकोे छ । सो खोप आज एक कार्यक्रमका बिच सुरू गरिएको हो । जिल्ला अस्पताल बाजुरामा माघ १५ देखि १९ गते सम्म ९ सय ३५ जनालाई खोप लगाइने खोपको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्मा र स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तलाई सो खोप लगाएर सुरुवात गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । अन्य जिल्लामा हिजो देखी सुरू भएको भए पनी बाजुरामा खोप पुग्न ढिलाइ भएकोले आज देखी सुरू गरिने बताएका छन ।

माघ १५ गते बाट सञ्चालन हुने खोपमा पहिलो दिनमा १ सय २२ जनालाई लगाईने भएको छ । जसमा जिल्ला अस्पतालका ६७ जना, स्वास्थ्य कार्यलय बाजुराका १७ जना जिल्ला आयुर्वेद केन्द्र बाजुराका १३ जना र २५ जना सुरक्षकर्मीलाई लगाईने भएको छ । माघ १६ गते १ सय ६१ जनालाई खोप लगाईने भएको छ । त्यस्तै १७ गते २ सय ७ जना, १८ गते १ सय ९८ र १९ गते २ सय १० जनालाइ लगाइने भएको छ ।

जिल्लाभरीमा जिल्ला अस्पताल बाजुरामा मात्र खोप केन्द्र रहेकाले सबैलाइ जिल्ला अस्पताल बाजुरामै पुगेर खोप लगाउन स्वास्थ्य कार्यालय बाजुराले आग्रह गरेको छ । स्थानिय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, कोरोना संक्रमित बाट मृत्यु भएका ब्यक्तिको सब ब्यबस्थापनमा खटिएका सुरक्षाकर्मी, स्थानिय तहमा सरसफाईमा खटिने कर्मचारीलाई पहिलो चरणमा खोप लगाईने भएको कार्यलय प्रमुख दयाकृष्ण पन्तले वताए ।
एक कार्यक्रमका बिच संचालन गरिएको खोप अभियान कार्यक्रम जिल्ला समन्य समिति प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार