बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • पुर्व गृहमन्त्री रावल काेल्टीमा आउने भएपछि सुरक्षामा कडाई

पुर्व गृहमन्त्री रावल काेल्टीमा आउने भएपछि सुरक्षामा कडाई

  • मङ्लबार, माघ १३, २०७७
पुर्व गृहमन्त्री रावल काेल्टीमा आउने भएपछि सुरक्षामा कडाई

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्ररचण्ड- नेपाल समूह बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुन लागेको विशाल जनसभालाई लक्षित गरेर कोल्टी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
केपि ओलीको असंबैधानिक कदमका विरुद्ध कोल्टी क्षेत्रमा पहिलोपटक हुन लागेको नेकपा प्रचण्ड–नेपाल समूहको विशाल जनसभालाई मध्येनजर गरी कोल्टी क्षेत्रमा सुरक्षा निकायका ३ वटा संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ ।
भोली हुने प्रचण्ड–नेपाल समूहको विशाल जनसभामा अप्रिय घटना हुन नदिन आजैबाट नेपाल प्रहरी, शसत्र प्रहरी र अनुसन्धान गरी करिव १ सय बढी सुरक्षा निकायलाई परिचालन गरिएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरिक्षक देवेन्द्र राज जोशीले जानकारी दिनु भयो ।
प्रहरी निरिक्षक जोशी र बलेन्द्र नाथको कमाण्डमा सुरक्षा निकायको गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ । साथै आजै साँझबाट होटल व्यवसायलाई मदिरा बेचविखन तथा ओसार पसार, विक्रि वितरणमा रोक लगाएको प्रहरीको भनाई छ ।
त्यस्तै भोली कोल्टी मार्तडीसडकमा संचालन हुने गाडीहरु पार्कीगंका लागि वडा नं. १ को जन्साल र वडा नं. २ को कोल्टी चौरलाई प्रयोग गरिने भएको छ । सडकमा एम्वुलेन्सबाहेक अन्य कुनैपनि सवारी साधान चलाउन नपाईने ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुने विशाल जनसभाको तयारी पुरा भएको छ । कोल्टीमा हुने विशाल जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको नेकपा बाजुराका नेता पुरबहादुर रावतले बताएका छन् ।
भोली हुने विशाल जनसभामा १० हजार बढी नेता तथा कार्यक्रर्ताहरु सहभागि हुने नेकपा बाजुराका आन्दोलन आयोजक मुल समिति संयोजक गगन रावलले बताएका छन् ।

जन सभालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भिम रावल, केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक लगायतका नेताले सम्बोधन गर्ने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार