शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गाैमुलमा ६ हजार बढि पशुकाे उपचार गरियाे

गाैमुलमा ६ हजार बढि पशुकाे उपचार गरियाे

  • आइतवार, माघ ११, २०७७
गाैमुलमा ६ हजार बढि पशुकाे उपचार गरियाे

बाजुरा —  जिल्लाकाे गाैमुल गाउँपालिकामा  माघ  ९ र १० गतेका दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा, सहयोगी हातहरुको समुह (सहास) नेपाल लिफ्ट परियोजना र गौमुल गाउँपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा गौमुल गाउँपालिका १ स्थित अन्द्राडी टोल र सोही गाउँपालिका मल्लोदुगुन टोलमा १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर संचालन भइ सम्पन्न गरिएको छ ।

माघ महिना को ९ गते अन्द्राडी टोल को शिविर मा वडा नं १ का वडा अध्यक्ष बल ब. रोकाया को अध्यक्षता र गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा प्रमुख अथिती हुनुहुन्थ्यो भने बिशिस्ट अथिती वडा नं ६ का बरिस्ठ वडा सदस्य कलक ब. सिंह थिए, कार्यक्रमको संचालन दिपक बहादुर बुढाले गरेका थिए । साे कार्यक्रमकाे उद्धघाटन गाैमुल गाउपालिका उपाध्यक्ष सीता थापाले गरेकी हुन ।

कार्यक्रम मा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा का नायब पशु स्वास्थ प्राबिधिक दिपक बहादुर बुढा, गौमुल गाउँपालिका पशु सेवा शाखा प्रमुख लोकेन्द्र रोकाया, सहयोगी हातहरुको समुह (सहास) नेपाल लिफ्ट परियोजना का प्राबिधिक दिपक धामीको उल्लेखनीय उपस्तिथि मा १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको हाे।

माघ महिना १० मल्लोदुगुन टोल को १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर मा वडा नं २ का वडा अध्यक्ष चक्र ब. बोहरा को अध्यक्षता मा संचालन भएको कार्यक्रम का प्रमुख अतिती गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा हुनुहुन्थ्यो भने बिशिस्ट अथिती वडा नं १ का वडा अध्यक्ष बल ब. रोकाया रहेका थिए ।

मन्तव्य दिने क्रम मा सम्पुर्ण अथिती ले एउटै शब्द मा भन्नुभयो कृषि पेसा सबैभन्दा राम्रो पेसा हो र जाड रक्सी जुवा तास मा फजुल खर्च गर्नुभन्दा उन्नत पशु पालन गरेमा धेरै राम्रो हुने कुरा गरेका थिए । त्यस्तै गौमुल गाउँपालिका पशु सेवा शाखा प्रमुख लोकेन्द्र रोकायाले पनि सम्पुर्ण कृषकहरुलाइ लाभ लिनहुन अनुरोध  गरेका थिए ।

एक दिने नि:शुल्क पशु स्वास्थ शिविर मा अन्द्राडी टोल बाट ४८ परिवारका भेडा बाख्रा २५०० गाई भैंसी ३०० कुकुर २० बिरालो ५ र गोरु बन्ध्याकरण १ र मल्लोदुगुन टोलमा भेडा बाख्रा ३००० गाई भैंसी ५०० कुकुर १० बिरालो ६ र कुकुरको खुला बन्ध्याकरण ५ गरि जम्मा ६३४७ पशुले लाभ लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार