शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रपतिविरुद्ध हालसम्मको भव्य विरोध प्रदर्शनः ३ हजार भन्दा बढी हिरासतमा

राष्ट्रपतिविरुद्ध हालसम्मको भव्य विरोध प्रदर्शनः ३ हजार भन्दा बढी हिरासतमा

  • आइतवार, माघ ११, २०७७
राष्ट्रपतिविरुद्ध हालसम्मको भव्य विरोध प्रदर्शनः ३ हजार भन्दा बढी हिरासतमा

जेलमा बन्द विपक्षी नेता एलेक्सी नाभेल्नीको समर्थनमा पूरा रुसभरी सुरु भएको विरोध प्रदर्शनको क्रममा रुसी प्रहरीले ३ हजारभन्दा बढी मानिसलाई हिरासतमा लिएको बताइएको छ ।

१० हजारभन्दा बढी मानिसहरुले भारी सुरक्षाबल तैनाथ हुँदा पनि यी प्रदर्शनमा भाग लिएका छन् । पछिल्ला केही वर्षमा राष्ट्रपति पुटिनविरुद्ध भएका प्रदर्शनमध्ये यो विरोध प्रदर्शन सबैभन्दा ठूलो बताइएको छ ।
मस्कोमा रोयर्ट प्रहरीले प्रदर्शनकारीलाई कुटिरहेको र घिसारिरहेको देखिएको छ ।  राष्ट्रपति पुटिनका आलोचक नाभेल्नीले आइतबार आफ्नो गिरफ्तारीपछि प्रदर्शनको आह्वान गरेका थिए ।

श्रीमती युलिया पनि हिरासतमा:

प्रहरीले पूर्वी खाबारोवस्क इलाकामा भएको विरोध प्रदर्शनमाथि कडाई सुरु गरिदिएका छन् । साथै मानिसहरुलाई घरमा नै बस्न सख्त चेतावनी दिएका छन् ।

नाभेल्नीका थुप्रै निकट सहयोगीलाई शनिबारको प्रदर्शन अघि नै हिरासतमा लिइयो । यसमा उनकी श्रीमती युलिया, एक प्रवक्ता र उनका वकिल पनि संलग्न छन् ।

नाभेल्नी रुसका नेता भ्लादिमीर पुटिनका सबैभन्दा हाई–प्रोफाइल आलोचक हुन् । उनलाई जेलमा हालिएपछि उनका समर्थक सोसद मिडियामा ओर्लिएका थिए र विरोध प्रदर्शनको आह्वाना गर्न थालिएको थियो । रुसका करिब ६० शहरमा विरोध प्रदर्शन भएको अनुमान गरिएको छ ।

नाभेल्नीलाई आइतबार पक्राउ गरिएको थियो । उनी बर्लिनबाट फर्किएर मस्को आइरहेका थिए र त्यसपछि उनलाई पक्राउ गरियो । नाभेल्नी अघिल्लो वर्षको अगस्टमा रुसमा भएको घातक नर्व एजेन्ट हमलापछि बर्लिनबाट मस्को फर्किएका थिए ।

मस्को पुग्ने बित्तिकै उनलाई हिरासतमा लिइयो र उनलाई शर्त उल्लंघन गरेको भन्दै दोषी ठहर गर्दै हिरासतमा लिइएको थियो । नाभेल्नीका अनुसार यो मुद्दा उनलाई चुप गराउनका लागि रचिएको हो र उनले आफ्ना समर्थकलाई विरोध प्रदर्शन गर्न आह्वान गरे ।

चर्चामा

सम्बन्धित समाचार